२० कात्तिक २०८३, शुक्रबार

वित्तिय सहकारीको गुणात्मक विकास र एकीकरणमा नेफ्स्कून प्रतिवद्ध

२०७१ असोज २८, मङ्गलबार
वित्तिय सहकारीको गुणात्मक विकास र एकीकरणमा नेफ्स्कून प्रतिवद्ध

सिमरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले बचत तथा ऋण सहकारीहरुको गुणात्मक विकास र एकीकरण अभियानमा नेफ्स्कून प्रतिवद्ध रहेको बताउनुभयो । आज बाराको मनहर्वास्थित सर्वसुलभ बचत तथा ऋण सहकारी संस्थाको पांचौं वार्षिक साधारणसभाको उदघाटन र कार्यालय भवन सिलान्यास गर्दै उक्त कुरा बताउनुभएको हो । बचत तथा ऋण सहकारीहरुको बढदो संख्यासंगै आम नागरिकको वित्तिय परिचालन क्षमता बढेको बताउदै त्यसलाई उत्पादन र गुणस्तरीयतामा रुपान्तरण गर्नका लागि सबै सहकारीकर्मीहरु अग्रसर हुनुपर्ने घिमिरेले बताउनुभयो । सहकारीहरुलाई नीति र विधिले सञ्चालन गर्नुपर्ने र समुदायमा आधारित भएर काम गर्न जरुरी रहेको बताउदै घिमिरेले नेफ्स्कूनले सहकारीहरुवीच सुशासन र एकीकरणका लागि छुटटै ऐनको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा नेफ्स्कूनका सञ्चालकद्वय कृष्ण पौडेल र दामोदर अधिकारी, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेल, साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष नैनकला खडका, सञ्चारकर्मी एवम् अधिकारकर्मी बिदुर खडकालगायतले शुभकामना दिनुभएको थियो ।
संस्थाका अध्यक्ष बेदप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाको लेखा संयोजक दिपकराज शर्मा र स्वागत पूर्वअध्यक्ष ध्रुव सिग्देलले गर्नुभएको थियो । संस्थाले पूर्व सञ्चालकहरु ध्रुव सिग्देल, धनबहादुर थापा, मिठु भारती, तेजनारायण महतो, व्यवस्थापक चन्द्रबहादुर बुढाथोकीलगायतलाई नेफ्स्कून अध्यक्ष ऋषिराज घिमिरे र सञ्चालक कृष्ण पौडेलले सम्मान गर्नु भएको थियो ।
उदघाटन सत्रपछि आयोजित बन्दसत्रले अध्यक्ष घिमिरे, लेखा संयोजक शर्माको प्रतिवेदन सुझावसहित पारीत गरेको छ । पांच वर्षअघि स्थापना भएको सर्वसुलभ सहकारीमा हाल छ सय सदस्यहरुवीच करीव दुई करोडको कारोवार गरिरहेको छ । संस्थाले गत वर्ष एक्काइस लाख रुपैया मुनाफा आर्जन गरेको र सदस्यहरुलाई चौध प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
संस्थाले गत वर्ष मनहर्वाको बडहर्वा चोकमा दश लाखमा खरिद गरेको १२ धुरमा करीव पच्चीस लाखको कार्यालय भवन निर्माणसमेत थालनी गरेको छ ।

अभिलेख

लोकप्रिय