२१ कात्तिक २०८३, शनिवार

पाल्पा र गुल्मीका पाँच सहकारी संस्था खारेज

२०७१ असोज २८, मङ्गलबार
पाल्पा र गुल्मीका पाँच सहकारी संस्था खारेज

सहकारी डिभिजन कार्यालयले पाल्पाको खस्यौलीस्थित मणिमुकुण्द सहकारी, गुल्मी दिगामको शृङ्गेश्वर आदर्श सहकारी, गुल्मी फोक्सिङ्कोटस्थित सत्यवती सहकारी संस्था खारेज गरेका हुन् ।
यस्तै गुल्मी पुर्कोटस्थित खड्गमवासी सहकारी र तुराङ गुल्मीको जनकल्याण सहकारी संस्थासमेत खारेजीमा परेको सहकारी डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
यो वर्ष खराब सूचीमा परेको १२ वटा सहकारी संस्थामध्ये पाँचवटा खारेजीमा परेका छन् भने अन्य सातवटा सहकारीले यही असोज मसान्तसम्ममा सहकारी ऐनअन्तर्गत प्रतिवेदन बुझाउन समय माग गरेका छन् ।असोजसम्म कागजपत्र बुझाउन म्याद मागेका सहकारीमध्ये पाल्पाका तीन बेस बचत तथा ऋण सहकारी, बाकामलाङ, सिम्रक बचत तथा ऋण सहकारी ताहुँ र अमृतधारा बचत तथा ऋण सहकारी यम्घा रहेका छन् ।
यस्तै गुल्मीका चार विनोद स्मृति बहुउद्देश्यीय सहकारी, कौडेभुलेनी बचत तथा ऋण सहकारी ग्वाघा, कालिका कृषि बहुउद्देश्यीय सहकारी अर्जे र कालिका सहकारी धुर्कोट रहेका छन् । सहकारी ऐन, २०४८ विपरीत चलेका सहकारीले दुई वर्षदेखि संस्थाको वार्षिक आयव्यय, साधारणसभाको बैठक निर्णय तथा अन्य कागजपत्र पेस गर्न बाँकी छ । उनीहरूले माग गरेको समयमा कागजपत्र बुझाए संस्था नवीकरण हुने नत्र खारेजीमा पर्ने सहकारी निरीक्षक संयोजक घनराज अधिकारीले बताए ।
यो वर्ष मात्रै मासिक बैठक प्रगति प्रतिवेदन नबुझाउने र आयव्यय विवरण नबुझाएका ५१ वटा सहकारी संस्था कारबाहीमा परेका छन् । गुल्मी र पाल्पामा हरेक वर्ष तीनदेखि १० वटा सहकारी संस्था खारेजीमा परे पनि दर्ताको प्रक्रिया भने रोकिएको छैन ।

पाल्पा । सहकारी ऐनअनुसार सञ्चालनमा आउन नसकेका पाल्पा र गुल्मीका पाँच सहकारी संस्थालाई खारेज गरिएको छ । पटक–पटक प्रतिवेदन बुझाउन ताकेता गरे पनि अटेर गरेपछि दुई जिल्लाका पाँच सहकारी संस्थालाई खारेज गरिएको हो ।

अभिलेख

लोकप्रिय