२१ कात्तिक २०८३, शनिवार

आफ्नै बचत आफ्नै हात, संस्थाको आम्दानी आफ्नै साथ

२०७१ असोज २८, मङ्गलबार
आफ्नै बचत आफ्नै हात, संस्थाको आम्दानी आफ्नै  साथ

बारा । साना किसान कृषि सहकारी संंस्था लि. डुमरबानाको १८ औं साधारण सभा सम्पन्न भएको छ ।

सभामा संस्था अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षता एवं सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहसचिव सुरेश प्रधानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका मुख्य संस्था प्रबन्धक नारायण क्षेत्रीले संस्थाको आ.व. ०७०÷०७१ को प्रगति आगामी कार्यक्रमहरु र संस्थाको चुनौतीहरुबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले ३९ करोड लगानीमा रहेको पँुजीबाट यस आव ०७०÷०७१मा १ करोड ९१ लाख नाफा गरेको र शेयरहरुलाई १५ प्रतिशतले लाभांश तथा ३ प्रतिशतले संरक्षित पूजीकोषबाट व्याज फिर्ता गर्ने कार्यक्रम बनाएको छ । आफ्नै बचत आफ्नै हात संस्थाको आम्दानी आफ्नै साथ भन्ने भावना अनुरुप सदस्यहरुको २७ करोड बचतमा २ करोड ४० लाख सदस्यलाई नै व्याज तिरेर गाँउको पूँजी बाहिरिन नदिएको बताए । आगामि कार्यक्रमको रुपमा ७ करोडको लगानीमा खाद्य उद्योग संचालनको लागि निर्माणाधिन रहेको जानकारी गराए ।

सभामा प्रमुख अतिथी सुरेश प्रधानले साना किसान कृषि सहकारी संस्था देशकै नमूनाको रुपमा संचालन भएको बताए । साना किसान सहकारीले पुर्याएको योगदानको आफुले कदर गरेको र संस्थालाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे । संस्थाको र सहकारी अभियानको लागि आफूले र सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

कृषि सहकारीहरुलाई करमुक्त गर्ने र अन्तराष्ट्रिय बजार संग प्रतिष्पर्धा गर्न कृषकहरुलाई अनुदान उपलब्ध गराउनु पर्ने राष्टिय सहकारी संघ नेपालका संचालक तथा साना किसान विकास बैंकका केन्द्रीय अध्यक्ष खेमबहादुर पाठकले बताए ।

कार्यक्रममा संस्थाको कार्यक्षेत्र गढीमाई नगरपालिका, निजगढ नगरपालिका र अमलेखगन्ज गाविसबाट प्रतिनिधिहरु, अतिथिहरु र आयोजक गरी १३०० जनाको उपस्थिति रहेको थियो । साधारण सभामा अध्यक्ष, लेखा समिति, लेखा परिक्षकको प्रतिवेदनहरु पारित गरिएका थिए । कार्यक्रम संचालन संस्थाको वरिष्ट प्रवन्ध राजेन्द्रप्रसाद जमकटेलले गरेका थिए भने स्वागत उपाध्यक्ष कमलाकुमारी रिमाल अधिकारीद्धारा गरिएको थियो ।

अभिलेख

लोकप्रिय