बृहत् शैक्षिक विकासको नवौं साधारण सभा तथा बृहत् शैक्षिक सम्मान समारोह सम्पन्न
काठमाडौं । शैक्षिक विकास बहुउद्देश्यीय सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा तथा बृहत् शैक्षिक सम्मान समारोह २०७१ ललितपुर, सम्पन्न भएको छ ।
“शिक्षा स्वस्थ्य– बृहत् उद्देश्य” भन्ने मुल नाराका साथ स्थापना भएको ललितपुर जिल्लाको पूर्र्वी ग्रामिण क्षेत्र लुभू, लामाटार, सिद्धिपुर, टिकाथली र इमाडोल कार्यक्षेत्र रहेको छ ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष कृष्ण श्रेष्ठले आर्थिक प्रतिवेदन तथा आगामी वर्षको बजेट योजना पेश गरेका थिए । त्यस्तै लेखा समितिका तर्फबाट समितिका सदस्य रेश्मा खड्काले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । यस सहकारीमा ५४७ जना सदस्य, कूल चुक्ता शेयर पूंजी १५ लाख ३ हजार ३ सय, कूल बचत निक्षेप १ करोड ३५ लाख ८ हजार ९ सय २६ रुपैंया तथा कूल ऋण लगानी १ करोड २४ लाख १४ हजार ९ सय १० रुपैंया रहेको जानकारी कोषाध्यक्ष कृष्ण श्रेष्ठले जानकारी गराएगराए ।
उक्त समारोहमा गरी संस्थाका बयोबृद्घ सदस्य, चालु आ.व.मा बढी शेयर खरिद गर्ने सदस्य, पर्व बचतकर्ताहरुलाई नगद तथा बाल बचत खाता संचालन गर्ने सदस्यहरुलाई कापी कलम उपहार स्वरुप प्रदान गरीएको थियो ।
आफ्नो सदस्यहरुको सुविधालाई मध्यनजर गरी संस्थाले प्रभु मनि ट्रान्सफर, वेष्ट्रन युनियन मनिट्रान्सफर र हिमाल रेमिटान्सको कारोवारको पनि सेवा दिदै आएको हुनाले सदस्यहरुले आफ्नै गाउ‘ठाउ‘बाट पैसाको कारोवार गर्न पाउ‘दा सदरमुकाम सम्म आउने जाने झन्झटबाट सुबिधा भएको स्वयं सदस्यहरुले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
