२१ कात्तिक २०८३, शनिवार

सगरमाथा साकोसको अध्यक्षमा भोला गौतम

२०७१ असोज २६, आईतवार
सगरमाथा साकोसको अध्यक्षमा भोला गौतम

बारा । निजगढस्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था (साकोस)को पन्ध्रौ साधारणसभाले भोला गौतमको अध्यक्षतामा नयां सञ्चालक समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सुदर्शन बडाल, सचिवमा बोधनाथ चौलागाई, कोषाध्यक्षमा रिता भण्डारी र सञ्चालकहरुमा दुर्गा कोइराला, बद्रिनारायण झा, भेषबहादुर भण्डारी, तजबहादुर चौलागाई, रमा मैनाली, रामशरण ढुंगानालाई चयन गरेको हो ।
त्यस्तै लेखा समिति संयोजकमा बच्चुराम लामिछाने र सदस्यहरुमा गंगाप्रसाद साह र महेश्वर राय चयन भएको निर्वाचन समितिका सदस्य गोकुल घोरसाइनेले बताए । निर्वाचित सञ्चालक समिति र लेखा समितिलाई नेफ्स्कून सञ्चालक तथा निर्वाचन समितिका संयोजक कृष्ण पौडेलले सपथ ग्रहण गराएका थिए ।

त्यस्तै निर्वाचन समितिका सदस्य तथा डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेलले प्रमाणपत्र वितरण गरेका थिए ।

अभिलेख

लोकप्रिय