२० कात्तिक २०८३, शुक्रबार

सहकारीलाई कडा निगरानीमा राख्छु—घिमिरे

२०७१ असोज २५, शनिवार
सहकारीलाई कडा निगरानीमा राख्छु—घिमिरे

पाल्पा २५ असोज । डिभिजन सहकारी कार्यालय पाल्पाका सहकारी अधिकृत नेत्रप्रसाद घिमिरेले जिल्लाका सहकारीलाई कडा निगरानीमा राख्ने बताएका छन् ।

ऐन, नियमावली र मापदण्ड भन्दा बाहीर गएर काम गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउन आफू कटिवद्ध भएर लाग्ने बताए । सहकारीखबर डटकम संग कुराकानी गर्दै घिमिरेले पाल्पा जिल्लाका सहकारीको विकासमा आफू सक्दो रुपमा लाग्ने बताए ।

घिमिरे डिभिजन सहकारी कार्यालय झापाबाट भदौ ३१ गते सरुवा भएका हुन् । २०५९ सालबाट सरकारी जागीर शुरु गरेका घिमिरे २०६६ सालदेखि सहकारी क्षेत्रमा रहेका छन् । प्युठान अस्पलालबाट २०६६ सालमा डिभिजन सहकारी कार्यालय झापामा सहकारी अधिकृत भएर गएका थिए ।

घिमिरे झापा जाँदा जिल्लामा करीब एक अर्बको कारोबार रहेको सहकारीमा हाल १५ अर्बको कारोबार पुगेको छ । झापामा रहंदा घिमिरेले सहकारीको कडा निगरानीमा राखेका थिए । सेवा केन्द्र खोली मनपरी गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने काम गरेका थिए ।

सहकारीलाई राजनीतिक भर्याङ बनाउने र सहकारीलाई कमाई खाने भाँडो बनाउने केही बाहेक धेरै सहकारीकर्मीले उनलाई मन पराउँथे ।

अभिलेख

लोकप्रिय