२० कात्तिक २०८३, शुक्रबार

पञ्चश्री साकोस र पञ्चशिल बहुउद्देश्यीय सहकारी मर्ज

२०७१ असोज २५, शनिवार
पञ्चश्री साकोस र पञ्चशिल बहुउद्देश्यीय सहकारी मर्ज

ललितपुर । तीनकुने स्थित पञ्चश्री बचत तथा ऋण सहकारी संस्था  ललितपुरको कुमारीपाटी स्थित पञ्चशिल बहुउद्धेश्यीय सहकारी संस्थामा मर्ज भएको छ । सरकारले मर्जको निति ल्याएलगत्तै  दुई सहकारीले एकिकृत साधारण सभा गरी मर्ज भएको घोषणा गरीएको हो । मर्ज भएपछि नया कार्यसमिति चयन गरीएको छ । राजु खतिवडाको अध्यक्षतामा गठित नया कार्यसमितिको उपाध्यक्ष सचिव र कोषाध्यक्षमा क्रमशः अशोक बज्राचार्य, घनश्याम धमला  र रामप्रसाद गिरी निर्वाचित हुनुभएको छ । संस्थाको सदस्यहरुमा देवेन्द्रप्रसाद श्रेष्ठ, जीवनदेवी बज्राचार्य र राजेन्द्र शाक्य निर्वाचित हुनुभएको छ । त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा डोलप्रसाद दाहाल र सदस्यहरुमा भोलानाथ ढुंगाना र रामप्रसाद निरौला निर्वाचित हुनुभएको छ ।
विषेश साधारण सभामा कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राजु खतिवडाले दुई सहकारी संस्था एक आपसमा मर्ज भएपछि  संस्थाको एकिकृत शेयर पुजी ७ करोड, २३ लाख ९ हजार ३ सय भएको जानकारी  गराउनुभयो । एकिकृत संस्थाको वचत ४४ करोड, ४ लाख ५९ हजार, कर्जा ४२ करोड ६२ लाख ३२ हजार , वार्षिक आम्दानी ८ करोड, ९३ लाख, ६२ हजार,  खर्च ७ करोड ११ लाख ४८ हजार र जगेडा कोषमा २ करोड ४३ लाख ५८ हजार रहेको जानकारी दिइयो ।
बरिष्ठ संस्कृतीविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उहाले सहकारीविचको मर्जले बलियो एकता भएको बताउदै सरकारले संविधान जारी यस्को सिकालो सिक्नुपर्ने बताउनुभयो । एक हापसमा भएको सहमतिले संंसथा मर्ज भएको बताउदै  दलहरुलेपनि सहमतिबाट संघियता लगायतको विषयमा सहमति गरी संविधान जारी गर्नुपर्ने बताउनुभयो । उहाले प्रशासन र व्यवस्थापन कार्यशैलीमा कुशलता भएकोले दुई सहकारी मर्ज भएको उल्लेख गर्नुभयो । डिभीजन सहकारी कार्यालय ललितपुरका चिरञ्जीवि पौडेलले सहारीहरु फुट्ने र बन्द हुने अवस्था आएको समयमा दुई सहकारी एकिकृत भएर राज्यलाई ठुलो सवक सिकाएको उल्लेख गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राडा जिवेन्द्रदेव गिरीले मर्जको नितीको कारण सहकारी विकास सम्भव भएको बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खतिवडाले संस्थाले आगामी दिनमा थप आर्थिक उन्नती गर्दै जाने बताउदै संस्थाको लगानीमा संचालित सान्तना कलेज,ग्लासियर फुड एण्ड वेभरेजलाई थप मजबुत बनाउदै लगिने बताउनुभयो । कार्यक्रममा सचिव घनश्याम धमलाले संस्थाको गतिविधीको बारेमा बोल्नुभएको थियो ।

अभिलेख

लोकप्रिय