पीटीए र पीडीएपछि नेपाल अन्तर्राष्ट्रिय लगानीको गन्तब्य : विश्व बैंक
काठमाडौं, २५ असोज । विश्व बैंकले नेपाल र भारतबीच हालै सम्पन्न बिद्युत व्यापार सम्झौता र माथिल्लो कर्णाली जलबिद्युत आयोजनाको आयोजना विकास सम्झौताले नेपालमा जलबिद्युतको विकासको ढोका खुलेको प्रतिक्रिया दिएको छ ।
विश्व बैंकको बार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री डा. रामशरण महतसँगको भेटमा विश्व बैंकका अधिकारीहरुले सो प्रतिक्रिया दिएका हुन् । सो अवसरमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रको जिम्मेवारी पाएका उपाध्यक्ष फिलिप हाउरेले अर्थमन्त्री डा महतसँगको भेटमा नेपालको जलबिद्युतका क्षेत्रमा विश्वको लगानीको ढोका खुल्नुका साथै विश्व बैंक अन्तर्गतकै आईएफसीको ६ अर्ब डलर लगानीको ढोका पनि खुलेको बताए ।
नेपालको आर्थिक विकासका लागि जलबिद्युतको संभावना उजागर गर्नुपर्ने र यसका लागि ठूलो लगानी आवश्यक रहेको भन्दै अर्थमन्त्री डा महतले नयाँ सरकार बन्नासाथ विश्व बैंक र आईएफसीलाई सहयोग गर्न आग्रह समेत गरे । सो अवसरमा बजारको सुनिश्चितता गर्न भारतसँग बिद्युत व्यापार सम्झौता गरेमा आईएफसीले ठूलो रकम लगानी गर्ने आश्वासन दिएको थियो ।
हाउरोले अर्थमन्त्री डा महतलाई भने— ‘अव अन्य बिद्युत आयोजनाहरुमा लगानीको ढोका खुल्यो । नेपालले काम छिटो गर्ने रहेछ र निर्णय समयमा गर्ने रहेछ भन्ने सन्देश पनि फैलिएको छ । यसको सकारात्मक प्रभाव नेपालको जलबिद्युतका क्षेत्रमा मात्र होइन अन्य लगानीका क्षेत्रमा पनि पर्नेछ । नेपालको आर्थिक विकासमा यसले दूरगामी सकारात्मक प्रभाव पार्नेछ ।’ उपाध्यक्ष हाउरोले जलबिद्युतका साथै नेपालमा ठूला पूर्वाधारका क्षेत्रमा विश्व बैंकले लगानी गर्ने आश्वासन दिए ।
विश्व बैंकको बार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले शान्ति कायम भैरहेका मुलुकहरु र द्वन्द्वोत्तर समस्यामा रहेका नेपालजस्ता मुलुकहरुलाई सहयोग गर्ने विश्व बैंकको शैलीमा स्पष्टरुपमा फरकपन आउनुपर्नेमा जोड दिए । नेपालले आगामी सन २०२२ सम्ममा विकासशील मुलुकको दाँजोमा पुग्ने दृष्टिकोण अघि सारेको चर्चा गर्दै अर्थमन्त्री डा महतले आवश्यक सहयोग गर्न विश्व बैंकसमक्ष आग्रह गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
