पञ्चश्री साकोस र पञ्चशिल बहुउद्देश्यीय सहकारी मर्ज
ललितपुर । तीनकुने स्थित पञ्चश्री बचत तथा ऋण सहकारी संस्था ललितपुरको कुमारीपाटी स्थित पञ्चशिल बहुउद्धेश्यीय सहकारी संस्थामा मर्ज भएको छ । सरकारले मर्जको निति ल्याएलगत्तै दुई सहकारीले एकिकृत साधारण सभा गरी मर्ज भएको घोषणा गरीएको हो । मर्ज भएपछि नया कार्यसमिति चयन गरीएको छ । राजु खतिवडाको अध्यक्षतामा गठित नया कार्यसमितिको उपाध्यक्ष सचिव र कोषाध्यक्षमा क्रमशः अशोक बज्राचार्य, घनश्याम धमला र रामप्रसाद गिरी निर्वाचित हुनुभएको छ । संस्थाको सदस्यहरुमा देवेन्द्रप्रसाद श्रेष्ठ, जीवनदेवी बज्राचार्य र राजेन्द्र शाक्य निर्वाचित हुनुभएको छ । त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा डोलप्रसाद दाहाल र सदस्यहरुमा भोलानाथ ढुंगाना र रामप्रसाद निरौला निर्वाचित हुनुभएको छ ।
विषेश साधारण सभामा कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राजु खतिवडाले दुई सहकारी संस्था एक आपसमा मर्ज भएपछि संस्थाको एकिकृत शेयर पुजी ७ करोड, २३ लाख ९ हजार ३ सय भएको जानकारी गराउनुभयो । एकिकृत संस्थाको वचत ४४ करोड, ४ लाख ५९ हजार, कर्जा ४२ करोड ६२ लाख ३२ हजार , वार्षिक आम्दानी ८ करोड, ९३ लाख, ६२ हजार, खर्च ७ करोड ११ लाख ४८ हजार र जगेडा कोषमा २ करोड ४३ लाख ५८ हजार रहेको जानकारी दिइयो ।
बरिष्ठ संस्कृतीविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उहाले सहकारीविचको मर्जले बलियो एकता भएको बताउदै सरकारले संविधान जारी यस्को सिकालो सिक्नुपर्ने बताउनुभयो । एक हापसमा भएको सहमतिले संंसथा मर्ज भएको बताउदै दलहरुलेपनि सहमतिबाट संघियता लगायतको विषयमा सहमति गरी संविधान जारी गर्नुपर्ने बताउनुभयो । उहाले प्रशासन र व्यवस्थापन कार्यशैलीमा कुशलता भएकोले दुई सहकारी मर्ज भएको उल्लेख गर्नुभयो । डिभीजन सहकारी कार्यालय ललितपुरका चिरञ्जीवि पौडेलले सहारीहरु फुट्ने र बन्द हुने अवस्था आएको समयमा दुई सहकारी एकिकृत भएर राज्यलाई ठुलो सवक सिकाएको उल्लेख गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राडा जिवेन्द्रदेव गिरीले मर्जको नितीको कारण सहकारी विकास सम्भव भएको बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खतिवडाले संस्थाले आगामी दिनमा थप आर्थिक उन्नती गर्दै जाने बताउदै संस्थाको लगानीमा संचालित सान्तना कलेज,ग्लासियर फुड एण्ड वेभरेजलाई थप मजबुत बनाउदै लगिने बताउनुभयो । कार्यक्रममा सचिव घनश्याम धमलाले संस्थाको गतिविधीको बारेमा बोल्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
