कात्यायनी साकोसको साधारणसभामा पञ्चकन्या अतिथी
काठमाडौं, २५ असोज । मन्त्री नेता वा उच्च पदस्थ सरकारी अधिकारीलाई प्रमुख अतिथी बनाएर सार्वजनिक कार्यक्रम गरिने परम्परा तोड्दै कात्यायनी बचन तथा ऋण सहकारी संस्था (साकोस)ले पञ्चकन्यालाई अतिथी बनाएर आफ्नो छैटौँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
राजधानीको भिमसेनगोलामा रहेको उक्त सहकारीले शनिबार आफ्ना बचतकर्ताका परिवारबाट छानिएका बालीकाहरुलाई आफ्नो साधारण सभाको अतिथी बनाएको हो । सहकारी स्थापनाको ५ बर्षमा ८ सय १३ जना सदस्य छन् ।
सहकारीको शेयर पुँजि ३८ लाख १९ हजार ९ सय पुगेको छ भने, गत आर्थिक बर्षमा मात्रै ४२ लाख ५८ हजार ६ सय ९२ रुपैयाँ आम्दामी गरेको छ । संस्थाले गत आर्थिक बर्षमा ३५ लाख ७६ हजार ६ सय ९ रुपौयाँ खर्च गरेको छ ।
संस्थाले आफ्ना सदस्यहरुलाई प्रोत्साहन स्वरुप सदस्यका परिवार मध्येबाट गतबर्षको एसएलसी परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने एक–एक जना छात्र छात्रालाई प्रशंसापत्र सहित नगद पुरस्कार प्रदान गरेको छ ।
साथै सहकारीले समाज सेवाको क्षेत्रमा निरन्तर पहल अघि बढाउने प्रतिवद्धता गर्दै रत्तदान कार्यक्रम समेत आयोजना गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
