अन्तर्राष्ट्रिय लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ। प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन गैरआवासीय नेपालीहरूलाई आग्रह गर्नुभएको छ । कान्तिपथमा निर्माण गर्न लागिएको ‘शेराटन काठमाडौँ होटल’ को आज शिलान्यास गर्दै उहाँले भन्नुभयो, “गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले शेराटन होटलमा गरेको लगानीले अन्तर्राष्ट्रिय लगानीकर्तालाई ठूलो उत्प्रेरणा गरेको छ, यसलाई उदाहरण मानेर अरूले पनि लगानी भित्र्याउनुस् ।”
प्रधानमन्त्री कोइरालाले नेपालमा ६० वर्षदेखि अवरुद्ध विकासलाई गैरआवासीय नेपालीको ठूलो लगानीले ढोका खोलिदिएको भन्दै यसले ऊर्जा, कृषिलगायतमा लगानी गर्न सबैलाई बाटो खुलेको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले नेपाल शान्ति, स्थायित्व र लोकतन्त्रको दिशामा निरन्तर अघि बढेको उल्लेख गर्दै सबै दलहरू संविधान निर्माणमा प्रतिबद्ध रहेकाले अब कुनै किसिमको बाधा अवरोध नहुने विश्वास व्यक्त गर्नुभयो । नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले नेपालमा यस किसिमको ठूलो लगानीले पर्यटन र अर्थतन्त्रको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
शेराटन होटलका अध्यक्ष शेष घलेले काठमाडौँमा पाँचतारे होटल सञ्चालन गर्ने पाँच वर्षको प्रयासपछि सफल भएको भन्दै यसले नेपालको अर्थतन्त्र र पर्यटन पूर्वाधार खडा हुनुका साथै मुलुकको सबैभन्दा बढी सम्भावना बोकेको पर्यटन उद्योगको प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा राजनीतिक अस्थिरता र सुरक्षित वातावरण नरहेको अवस्थामा आफ्नो मात्रृभूमिमा विकास गर्ने लक्ष्यका साथ जोखिम मोलेर ठूलो लगानीको परियोजना सुरु गरेको भन्दै उहाँले लगानीमैत्री वातावरणका लागि नेपालको राजनीतिक नेतृत्व र प्रशासनिक निकाय अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
