हेटौंडा कपडा, वीरगञ्ज चिनी कारखानालगायत रुग्ण उद्योगहरुलाई सहकारीकरण गर्नुपर्ने
सिमरा, २४ असोज । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का सञ्चालक कृष्ण पौडेलले हेटौडा कपडा, वीरगञ्ज चिनी कारखानालगायत रुग्ण उद्योग व्यवसायहरुलाई सहकारीकरण गर्न जरुरी रहेको बताएका छन् ।
हेटौडा नगरपालिकाको पदमपोखरीस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै पौडेलले सरकारले सहकारी र निजी क्षेत्रलाई समावेश गरेर व्यवसायी, उपभोक्ता र कर्मचारी मजदुर अटाउने गरी कारखानाहरुको पुनर्संरचना गरेर सञ्चालनमा ल्याउने हो भने सफल हुने बताए ।
‘सहकारी क्षेत्रले सिर्जना गरेको पूंजी, जनशक्ति र सम्भावनालाई राज्यले सम्वोधन गर्न सके मुलुकको उर्जा संकट हल गर्न सकिने, कृषि र पर्यटनको क्षेत्रमा नयाँ सम्भावना कोर्न सकिनेछ ।’ उनले भने— ‘बचत तथा ऋण सहकारी क्षेत्रका उपलव्धिलाई संस्थागत गर्न र जोखिम र विकृतिहरुलाई हल गर्न छुटै कानूनको आवश्यकता रहेको बताउदै पौडेलले त्यसका लागि राज्य जिम्मेवार हुनुपर्छ ।’
कार्यक्रममा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राधा सिन्तान, हेटौडा नगरपालिकाका अधिकृत गंगा चौलागाई, ग्रामिण महिला सेवा केन्द्रकी अध्यक्ष भगवती भण्डारी, प्लान नेपालका खगेन्द्रविक्रम नेम्वाङ, महिला सेवा सहकारीकी यशोदा खनाल, जनचेतना सहकारीकी बिनिता बजु, सञ्चारकर्मी नवीन सिग्देल संस्थाका सदस्यहरु वुद्धिमाया मोक्तान र फुलमाया घिसिङ, लगायतले मन्तव्य राखेका थिए ।
सभामा संस्थाका जेष्ठ सदस्यहरु, उत्कृष्ट कारोवारकर्ताहरुलाई सम्मान र शेयर सदस्य परिवारका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रमुख अतिथि कृष्ण पौडेल र संस्थाकी अध्यक्ष लक्ष्मी थिङले सम्मान गरेका थिए । बन्दसत्रले अध्यक्ष थिङ, लेखा संयोजक सुमित्रा वाइवा, सचिव सयपत्री थापा मगरको प्रतिवेदन सुझावसहित पारीत गरेको थियो ।
चौध वर्षअघि स्थापना भएको महिला मिलन सहकारीमा हाल पच्चीस सय सदस्यहरुवीच दश करोडको कारोवार भई रहेको छ । महिलाहरुले सञ्चालन गरेको मुलुकभरको उत्कृष्ट संस्थाको रुपमा यो सहकारी सम्मानित हुदै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
