रिचार्ज कार्डमा ठगी
जाजरकोट । यहाँका उपभोक्ता रिचार्ज कार्ड खरिदमा ठगिएको खुलासा भएको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका रिजार्च कार्ड बिक्री केन्द्रमा तोकिएको मूल्यभन्दा १० देखि ३० सम्म नाफा लिएर उपभोक्तालाई दैनिक ठगिरहेको पाइएको छ ।
५० पर्ने नमस्तेको रिचार्ज कार्डलाई ५५ देखि ६० सम्म लिएर बिक्री गरिरहेको पाइएको छ भने २०० पर्ने स्काइ रिचार्ज कार्डलाई २१० देखि २३० सम्म लिने गरेको पाइएको छ ।
यसरी दैनिक एउटा रिचार्ज कार्डबाट १० देखि ३० सम्म ठगी गरी बिक्री गर्दा पनि सम्बन्धित निकाय मौन भएर बसेको पाइएको छ ।
दुर्गम क्षेत्रमा रहेका रिचार्ज कार्ड बिक्री पसलमा मात्र होइन सदरमुकामका अधिकांश पसलमा पनि यसरी खुलेयाम ठगी भइरहेको उपभोक्ता बताउँछन् । कतिपय उपभोक्तालाई रिचार्ज कार्डको वास्तविक मूल्य कति हो भनेर जानकारी नै नभएको कारण पनि यसरी ठगी गर्न सजिलो भएको पाइएको छ ।
कतियय त ठगिएको थाहा पाएर पनि रिचार्ज कार्ड किन्नैका लागि सदरमुकाममा जानुभन्दा बढी पैसा तिरेर भएपनि रिचार्ज गर्नुपर्ने बाध्यता भएको डाँडागाउँका रुद्र खत्रीले बताउनुभयो ।
यता नेपाल टेलिकम जाजरकोट शाखाले भने चर्को शुल्क लिएर उपभोक्तालाई ठगेको जानकारी नभएको बताएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
