महिला साकोसको १६ औँ साधारणसभा सम्पन्न
दुई हजार ५ सय ७ जना सेयर सदस्य सङ्ख्या रहेको सहकारीले अहिले १६ करोड ९६ लाख ४८ हजार बचत सङ्कलन गरेको छ ।
राष्ट्रिय सहकारी संघका पूर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटाले उद्घाटन गरेको सहकारीको साधारणसभामा सचिव स्मारिका थाम्सोहाङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अहिलेसम्म आइपुग्दा संस्थाले १२ करोड ऋण लगानी गरेको बताईन ।
यसैगरी संस्थाले ६ करोड ५० लाख ब्याज असुली गरेको छ । त्यस्तै संस्थाले आफ्ना सेयर सदस्यको आर्थिक उन्नयनका लागि रु १७ करोड ६ लाख ४० हजार लगानीमा रहेको आँकडा पनि प्रस्तुत गरेको छ । संस्थाकी अध्यक्ष गीता श्रेष्ठको सभापतित्वमा भएको साधारणसभामा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीका प्राचार्य बलराम निरौलालगायतले मन्तव्य राखेका थिए ।
इटहरी, २३ असोज । महिला बचत तथा ऋण सहकारी संस्था (साकोस) इटहरीको १६ औँ साधारणसभा सम्पन्न भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
