महिलाद्वारा सञ्चालित नेपालकै उत्कृष्ट सहकारीको आम्दानी ७४ लाख
न्यून आय भएकालाई लघुवित्त कार्यक्रम सञ्चालन
चितवन । महिलाहरुले सञ्चालन गरेको नेपालकै उत्कृष्ट रहेको चितवनको प्रभात बचत तथा ऋण सहकारीले यो वर्ष कुल रु ७४ लाख ३१ हजार आम्दानी गर्न सफल भएको छ । सहकारीकी कोषाध्यक्ष अनिता न्यौपानेले गएको आर्थिक वर्ष रु ७४ लाख ३१ हजार ५८६ आम्दानी भएको जानकारी दिइन । उक्त सहकारीमा रु ५६ हजार ८९६ बचत भएको उलेले जानकारी दिइन ।
संस्थाकी अध्यक्ष ईश्वरी शर्मा ढकालले नेपालमै उत्कृष्ट सहकारी घोषणा भएकाले अहिले तीन वर्षे रणनीतिक योजना कार्यान्वयनमा आएको, एसियाली मापदण्डअनुसार उत्कृष्ट सेवा पुर्याउन कार्यक्रम सञ्चालन गरिएको र न्यून आय भएका महिलालाई लघुवित्त कार्यक्रम सञ्चालन गरी आर्थिक अवस्थामा सुधार ल्याउन प्रयास गरिएको जानकारी दिइन ।
उनले २०५१ अघि नेपालमा महिला मात्रले चलाएका सहकारी नभए पनि २० वर्षको अन्तरालमा महिलाले चलाएको सहकारी प्रतिस्पर्धाबाट उत्कृष्ट हुन पाउँदा खुसी लागेको बताइन । संस्थाकी पूर्व अध्यक्ष एवम् वचत तथा ऋण सहकारी केन्द्रीय सङ्घकी सञ्चालक शान्ति अधिकारीले कुनै कार्यक्रममा बोलाउँदा पनि महिलाको सहभागिता अझै कम हुने गरेको गुनासो गरिन ।विसं २०५२ माघ २६ गते २८ जना सेयर सदस्यबाट सुरु भएको उक्त सहकारीमा अहिले दुई हजार १५५ जना सेयर सदस्य छन् । रु २८ हजार सेयर पुँजीबाट सुरु भएको सहकारीमा अहिले सेयर पुँजी रु ९० लाख पाँच हजार ४०० पुगेको छ भने कुल पुँजी रु छ करोड ३६ लाख ७३ हजार ७६० पुगेको छ । उक्त संस्था नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घ यो वर्ष मुलुकभरिमै महिलाहरुले चलाएको सहकारीमा उत्कृष्ट घोषित हुँदै पुरस्कृत भएको थियो
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
