२० कात्तिक २०८३, शुक्रबार

ताम्रेश्वर सहकारीको साधारणसभा

२०७१ असोज १३, सोमबार
ताम्रेश्वर सहकारीको साधारणसभा

काठमाडौं । ताम्रेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । राजधानीमा आयोजित कार्यक्रमका बीच ताम्रेश्वरले बार्षिक आयव्यय विवरण सार्बजनिक गरेको हो । कार्यक्रम सुवास बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो । कोषाध्यक्ष सुवास भारतीका अनुसार संस्थाको कूल पुँजीकोष १ करोड ७२ लाख ८० हजार १ सय १३ रुपैयाँ पुगेको छ । त्यसमध्ये चुक्तापुँजी २५ लाख ५० हजार ४ सय र निक्षेप १ करोड ४१ लाख ३२ हजार ८ सय २० रुपैयाँ संकलन भएको छ ।

२०६६ चैत १३ गते संस्था दर्ता भएको ताम्रेश्वरले ०६७ वैशाख १ गतेबाट कारोबार सुरु गरेको थियो । भारतीका अनुसार २५ जना सदस्यहरु मिलेर सुरुमा ३ लाख रुपैयाँबाट कारोबार सुरु भएको थियो । ५ वर्षको अवधिमा ताम्रेश्वरका करिव ३ सय सदस्य पुगेका छन् । आगामी वर्षमा चुक्ता पुँजीलाई बढाउँदै बचतकर्ताको हितमा विभिन्न योजनाहरु ल्याईने संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय