संगालो साकोसको तेस्रो र जीवनसहारा साकोसको चौथौं साधारणसभा
बारा १२ असोज । सिमरा स्थित संगालो बचत तथा ऋण सहकारी संस्था (साकोस)को तेस्रो वार्षिक साधारणसभा सनिवार सम्पन्न भएको छ ।
साढे दुई वर्षअघि स्थापना भएको संस्थामा हाल तीन सय सदस्यहरुवीच एक करोडको कारोवार गरिरहेको छ । कार्यक्रममा नेफ्स्कून सञ्चालक कृष्ण पौडेल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, सिमरा महिला सहकारीकी अध्यक्ष अनिता अधिकारी, जेष्ठ नागरिक सम्मान वृद्धाश्रम पथलैयाका अध्यक्ष जीवन कालिकोटेलगायतको अपस्थिती रहेको थियो ।
त्यसैगरी कलैयास्थित जीवनसहारा बचत तथा ऋण सहकारी संस्था (साकोस)को चौथो वार्षिक साधारणसभा पनि शनिवार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले सहकारीले सामाजिक सुशासन र समृद्धिका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारी अभियानको विकासका लागि जिल्ला सदरमुकामका सहकारीहरु फष्टाउनुपर्ने बताए । चार वर्षअघि स्थापित संस्थामा हाल चार सय सदस्यहरुवीच ६५ लाखको कारोवार गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
