२० कात्तिक २०८३, शुक्रबार

सहकारी गुणात्मक सेवा र विकासमा अग्रसर हुनु जरुरी

२०७१ असोज ११, शनिवार
सहकारी गुणात्मक सेवा र विकासमा अग्रसर हुनु जरुरी

सिमरा, ११ असोज । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का सञ्चालक कृष्ण पौडेलले सहकारी अभियान जागरणको चरणबाट गुणात्मक विकासमा अग्रसर हुनुपर्ने बताएका छन् ।

आज गढीमाई नगरपालिकाको सिमरास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभाको उदघाटन गर्दै पौडेलले सहकारी जागरणले संख्यात्मक रुपमा सहकारी क्षेत्रले फड्को मारेको बताए । सहकारीहरुवीच एकीकरण अभियान चलाएर सदस्य र समुदायको वित्तिय तथा गैरवित्तिय आवश्यकता पुरा गर्न अग्रसर हुनुपर्ने पौडेलको भनाई थियो ।

“सहकारीको संगठन, पूँजी, सीप र क्षमतालाई कृषि, जलस्रोत र पर्यटनलगायत क्षेत्रमा परिचालन र सदुपयोग गर्न सकिए छोटो समयमै राष्ट्रलाई समृद्ध बनाउन सकिन्छ । ” उनले भने “सहकारी ऐनको तत्काल परिमार्जन जरुरी रहेको छ । ” सहकारी विशेषतः बचत तथा ऋण सहकारीमा देखिएका विकृतिहरुलाई हल गर्न र नियमनलाई प्रभावकारी बनाउन छुट्टै बचत तथा ऋण सहकारी ऐन आवश्यक रहेको बताउदै अव सहकारीहरु एकीकरणको प्रक्रियामा अघि बढन आग्रह गरे ।

उदघाटनसत्रपछि अध्यक्ष सिटौला र लेखा संयोजक मुकुन्दबहादुर क्षेत्रीले प्रस्तुत गर्नुभएको प्रतिवेदन सुझावसहित पारीत गरेको छ । बा¥ह वर्षअघि स्थापना भएको संस्थामा हाल एक हजार सदस्यहरुवीच तीन करोडको कारोवार भई रहेको छ ।

अभिलेख

लोकप्रिय