सहकारी गुणात्मक सेवा र विकासमा अग्रसर हुनु जरुरी
सिमरा, ११ असोज । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का सञ्चालक कृष्ण पौडेलले सहकारी अभियान जागरणको चरणबाट गुणात्मक विकासमा अग्रसर हुनुपर्ने बताएका छन् ।
आज गढीमाई नगरपालिकाको सिमरास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभाको उदघाटन गर्दै पौडेलले सहकारी जागरणले संख्यात्मक रुपमा सहकारी क्षेत्रले फड्को मारेको बताए । सहकारीहरुवीच एकीकरण अभियान चलाएर सदस्य र समुदायको वित्तिय तथा गैरवित्तिय आवश्यकता पुरा गर्न अग्रसर हुनुपर्ने पौडेलको भनाई थियो ।
“सहकारीको संगठन, पूँजी, सीप र क्षमतालाई कृषि, जलस्रोत र पर्यटनलगायत क्षेत्रमा परिचालन र सदुपयोग गर्न सकिए छोटो समयमै राष्ट्रलाई समृद्ध बनाउन सकिन्छ । ” उनले भने “सहकारी ऐनको तत्काल परिमार्जन जरुरी रहेको छ । ” सहकारी विशेषतः बचत तथा ऋण सहकारीमा देखिएका विकृतिहरुलाई हल गर्न र नियमनलाई प्रभावकारी बनाउन छुट्टै बचत तथा ऋण सहकारी ऐन आवश्यक रहेको बताउदै अव सहकारीहरु एकीकरणको प्रक्रियामा अघि बढन आग्रह गरे ।
उदघाटनसत्रपछि अध्यक्ष सिटौला र लेखा संयोजक मुकुन्दबहादुर क्षेत्रीले प्रस्तुत गर्नुभएको प्रतिवेदन सुझावसहित पारीत गरेको छ । बा¥ह वर्षअघि स्थापना भएको संस्थामा हाल एक हजार सदस्यहरुवीच तीन करोडको कारोवार भई रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
