२० कात्तिक २०८३, शुक्रबार

काठमाडौं बचत संघले शुरु गर्यो अन्तरलगानी कार्यक्रम

२०७१ असोज १०, शुक्रबार
काठमाडौं बचत संघले शुरु गर्यो अन्तरलगानी कार्यक्रम

काठमाडौं, १० असोज । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघले अन्तरलगानी कार्यक्रम शुरु गरेको छ ।

कार्यक्रको उद्घाटन राष्ट्रिय सहकारी संघका उपाध्यक्ष तथा सभासद् ओमदेवी मल्लले गरीन् । उद्घाटन पछि कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्लले हरेक विषयगत सहकारीले विषयगत संघमा अनिवार्य रुपमा आवद्ध हुनुपर्ने बताईन । काठमाडौं बचत संघलाई देशकै नमूना बनाउन आफू कटिबद्ध रुपमा लाग्ने बताईन ।

त्यस्तै कार्यक्रममा बोल्दै संघका अध्यक्ष शम्भुप्रसाद घिमिरेले आफ्ना सदस्य संंस्थाबाट दशैं अगाडी १० करोड संकलन गर्ने लक्ष्य रहेको बताए । संघले पुस मसान्त सम्ममा ३ सय संस्था संघमा आवद्ध गराउने लक्ष्य रहेको पनि उनले बताए । संघले यस अघिका सदस्य संग नियमीत रुपमा कारोबार गर्दै आएको र अब सबै प्रकारका बचत निक्षेपहरु स्विकार गरीने उनको भनाई थियो ।

अन्तर लगानी मार्फत सहज रुपमा बचत संकलन गरी उचित व्याज प्रदानका साथै सहज रुपमा ऋण प्रदान गर्ने संघले जनाएको छ ।

अभिलेख

लोकप्रिय