बडा दशैँ सुरु, आज घरघरमा घटस्थापना
काठमाडौं, ९ असोज । हिन्दु नेपालीहरुको महान चाड बडा दशैँ आजबाट सुरु भएको छ । दसैंको पहिलो दिन आज घर घरमा घटस्थापना गरि शुभारम्भ गरिदै । घटस्थापनाको सुभसाइत आज बिहान १० बजेर ४५ मिनेटमा रहेको छ ।
आज हिन्दू धर्मावलम्बीहरूले माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राख्ने चलन छ । आ–आफ्ना पूजाकोठा वा दसैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गर्ने र राखी पन्चरत्न चढाई शक्तिस्वरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ । यसरी उमारिने जमरा विजयादशमीका दिन मान्यजनहरूबाट टीका ग्रहण गर्दा लगाइन्छ ।
दसैंको टीका लगाउँदा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरालाई प्रयोग गरिन्छ । भगवान् श्री रामचन्द्रले रावणमाथि विजय हासिल गर्ने उद्देश्यले शक्तिप्राप्तिका लागि शक्तिस्वरुपा महामाया भगवतीको आवाहन गर्न घडाको स्थापना गरी बालुवाको चौकीमा जौ छरी पूजा आराधना गरेको विश्वासमा जमरा राख्ने गरिएको हो । आज घटस्थापनाको शुभसाइत बिहान १० बजेर ४५ मिनेट जाँदा उत्तम मानिएको छ ।
परम्पराअनुसार घटनास्थापनाको उपलक्ष्यमा आज हनुमानढोका दरबारमा रहेको दसैँ घरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रिपूजाको शुभारम्भ हुन्छ । नवरात्रिको उपलक्ष्यमा नेपालभर बिहान घरघरमा र भगवतीका मन्दिरहरूमा चण्डी र भगवती स्त्रोत्र पाठ गर्ने गरिन्छ ।
आज हिन्दु धर्मावलम्वीहरुले आ-आफ्नो पुजा कोठामा विधिपूर्वक दियो कलस र गणेशको पूजा गर्ने र माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राखी पन्चरत्न चढाई शक्तिरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
