सुरक्षित रेमिट्यान्सका लागि घरदैलो अभियान कार्यक्रम
सुरक्षित रेमिटान्स तथा सुदृढ जीविकोपार्जन परियोजना अन्र्तगत प्रभु मनि टान्सफरको सहकार्यमा विशेष गरी भारतमा रहेका आफ्ना आफन्तजनहरुलाई भरपर्दो रेमिटबाट पैसा पठाउन अनुरोध गर्ने उद्देश्यले १ हप्ते सुरक्षित रेमिटान्सका लागि सचेतनामूलक घरदैलो अभियान कार्यक्रमको मेहेलकुना १ पवित्र वजारमा सुरु भएको छ ।
परियोजना प्रमुख हिमाल राजीले संचालन गर्नु भएको उक्त कार्यक्रममा प्रभु म्यानेजमेन्ट प्रा. लि. काठमाडौंका वजार व्यवस्थापक रोसन रखाल र संचालन प्रमुख विमल महतले सहभागीहरुलाई कसरी भारतबाट सुरक्षित तवरले प्रभु मनि टान्सफर मार्फत रकम पठाउन र पाउन सकिन्छ भन्नेबारे प्र्रशिक्षण दिए । उक्त कार्यक्रममा वातावरण बहुउद्देश्यीय सहकारीका धर्मराज आचार्य ,गाविस प्राविधिक ,लघु वित्त कार्यक्रम मेहेलकुना शाखाका शाखा प्रबन्धक , कर्मचारी लगायत परियोजनाका सामाजिक परिचालकहरुको सहभागिाता रहेको थियो ।
उक्त कार्यक्रम पश्चात सहभागी सबैद्धारा मेहेलकुना ४ सुन्दरखाली र दहचौर २ राइकेका १५० घरधुरीमा घरदैलो अभियानका साथै २ वटा सामुहिक भेलामा विशेष गरी भारतबाट प्रभु मनि टान्सफर मार्फत नेपालमा पैसा पठाउने र पाउने बारे सम्पूर्ण सहभागीलाई जनचेतना गराइएको थियो । यो कार्यक्रम १ हप्ताभरी मेहेलकुना , दहचौर , सहारे , मैनतडा र राकम गाविसमा निरन्तर संचालन हुनेछ ।

सुर्खेत ,९ असोज । नजिकीदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै विशेषगरी सिमा क्षेत्रमा हुने चोरी ,डकैती जस्ता घटनालाई कम गर्ने उद्देश्यले अक्सफाम नेपालको आर्थिक सहयोगमा वातावरण सुधार समाज, सुर्खेतले ुरक्षित रेमिट्यान्सका लागि सचेतनामूलक घरदैलो अभियान कार्यक्रम सञ्चालन गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
