चितवनका दुई गाविस सहकारी विहिन
चितवन ८ असोज । चितवनका दुई गाविसमा एकएक सहकारी दर्ता भएपनि निश्क्रिय रहेका कारण खारेज गरिएको छ । नयाँ सहकारी दर्ता नभएका कारण दुई गाविसमा एउटा पनि सहकारी छैन् ।
सहकारी डिभिजन तथा प्रशिक्षण कार्याललय भरतपुरले गत आर्थिक वर्ष २०७०÷०७१ मा ३० वटा सहकारीलाई खारेज गरे पछि चितवनमा दुई वटा गाविस सहकारी विहिन बनेका हुन् । अघिल्लो वर्ष चिवनका सवै गाविसमा सहकारी रहेकोमा अहिले काउले र सिद्धि गाविसमा सहकारी नभएको सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका निरिक्षक श्रीकृष्ण नेपालले बताए।
अघिल्लो वर्ष काउले गाविसमा काउले उपभोक्ता सहकारी संस्था र सिद्धि गाविसमा जनदृष्टि उपभोक्ता सहकारी संस्था रहेका थिए । आव २०७० ÷०७१ मा सहकारी डिभिजन तथा प्रशिक्षण कार्याललय भरतपुरले ३ देखि ८ वर्ष सम्म निस्कृय रहेका सहकारीलाई खारेज गरेको कार्यालयले जानाकारी दिएको छ । सहकारी ऐनमा दुई वर्ष सम्म निस्कृय रहेका सहकारीलाई खारेज गर्ने व्यवस्था रहेको पनि ३ वर्ष सम्म निस्कृय रहेका सहकारीलाई एक पटक मौका दिएको निरिक्षक नेपालले बताउनुभयो । खारेज हुने कृषि, बचत तथा ऋण , उपभोक्ता दुग्द्य सहकारीहरु वढि रहेका छन् ।
जिल्लमा छ सय ५६ सहकारी रहेका छन् । त्यस्तै गत आर्थिक वर्षमा ३२ वटा नया सहकारी दर्ता भएका छन् । नयाँ दर्ता हुनेमा अधिकांस कृषि सहकारी नै रहेका छन् । अहिले नगरपालिका भित्र बचत तथा ऋण सहकारीलाई दर्ता रोकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
