२० कात्तिक २०८३, शुक्रबार

चितवनका दुई गाविस सहकारी विहिन

२०७१ असोज ८, बुधबार
चितवनका दुई गाविस सहकारी विहिन

चितवन ८ असोज । चितवनका दुई गाविसमा एकएक सहकारी दर्ता भएपनि निश्क्रिय रहेका कारण खारेज गरिएको छ । नयाँ सहकारी दर्ता नभएका कारण दुई गाविसमा एउटा पनि सहकारी छैन् ।
सहकारी डिभिजन तथा प्रशिक्षण कार्याललय भरतपुरले गत आर्थिक वर्ष २०७०÷०७१ मा ३० वटा सहकारीलाई खारेज गरे पछि चितवनमा दुई वटा गाविस सहकारी विहिन बनेका हुन् । अघिल्लो वर्ष चिवनका सवै गाविसमा सहकारी रहेकोमा अहिले काउले र सिद्धि गाविसमा सहकारी नभएको सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका निरिक्षक श्रीकृष्ण नेपालले  बताए।
अघिल्लो वर्ष काउले गाविसमा काउले उपभोक्ता सहकारी संस्था र सिद्धि गाविसमा जनदृष्टि उपभोक्ता सहकारी संस्था रहेका थिए । आव २०७० ÷०७१ मा सहकारी डिभिजन तथा प्रशिक्षण कार्याललय भरतपुरले ३ देखि ८ वर्ष सम्म निस्कृय रहेका सहकारीलाई खारेज गरेको कार्यालयले जानाकारी दिएको छ । सहकारी ऐनमा दुई वर्ष सम्म निस्कृय रहेका सहकारीलाई खारेज गर्ने व्यवस्था रहेको पनि ३ वर्ष सम्म निस्कृय रहेका सहकारीलाई एक पटक मौका दिएको निरिक्षक नेपालले बताउनुभयो । खारेज हुने कृषि, बचत तथा ऋण , उपभोक्ता दुग्द्य सहकारीहरु वढि रहेका छन् ।
जिल्लमा छ सय ५६ सहकारी रहेका छन् । त्यस्तै गत आर्थिक वर्षमा ३२ वटा नया सहकारी दर्ता भएका छन् । नयाँ दर्ता हुनेमा अधिकांस कृषि सहकारी नै रहेका छन् । अहिले नगरपालिका भित्र बचत तथा ऋण सहकारीलाई दर्ता रोकेको छ  ।

अभिलेख

लोकप्रिय