२० कात्तिक २०८३, शुक्रबार

सहयोगी बहुउद्देश्यीयको सेयर पुँजी साढे दुई करोड

२०७१ असोज ७, मङ्गलबार
सहयोगी बहुउद्देश्यीयको सेयर पुँजी साढे दुई करोड

काठमाडौं, ७ असोज । सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको सेयर पुँजी आर्थिक वर्ष २०७०।०७१मा साढे दुई करोड रुपैयाँ पुगेको छ । १८औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा संस्थाले सेयर पुँजी दुई करोड ५९ लाख ५४ हजार पाँच सय रुपैयाँ पुगेको जानकारी दिएको हो । संस्थाद्वारा आयोजित कार्यक्रममा संस्थाले सोही आर्थिक वर्षमा आर्जन गरेको चार लाख ७२ हजार तीन सय २३ रुपैयाँ मुनाफा गरेको भन्दै त्यसको ११ दशमलव ६० प्रतिशत सेयर लाभांश वितरण गर्ने जानकारी दिएको छ । संस्थाका अध्यक्ष नारायणलाल श्रेष्ठले आर्थिक वर्ष २०७०।०७१ मा सेयर पुँजी बढेको भन्दै आर्थिक वर्ष २०७१÷०७२ मा सेयर पुँजी तीन करोड ८० लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको उल्लेख गरे ।
साधारणसभामा वार्षिक प्रतिवेदन पेस गर्दै उनले ३१ करोड ६८ लाख ४१ हजार चार सय ४३ रुपैयाँ निक्षेप संकलन भएको र २५ करोड १८ लाख ४५ हजार छ सय ७८ रुपैयाँ कर्जा लगानी गरिएको जानकारी दिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष नविन श्रेष्ठले अघिल्लो आर्थिक वर्षमा दुई हजार ६६ सदस्य रहेको भन्दै आर्थिक वर्ष ०७०÷०७१ मा दुई हजार दुई सय ५० जना पुगेको बताए । गत वर्षको तुलनामा सेयर पुँजीमा १५ प्रतिशतले सेयर वृद्धि भएको संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय