सहकारी बिशिष्ट लेखा पालन तालिम सम्पन्न, तालिम उपलब्धिमुलक : सहभागी
संघको प्रथम चरणको प्रशिक्षण सम्पन्न भएको र चाँडै ऋण व्यवस्थापन एवं पल्र्स विश्लेषण तालिम लगायतका विभिन्न शिर्षकमा सहकारीकर्मीको आवश्यकता अनुरुप सञ्चालन गर्दै जाने संघका व्यवस्थापक दिनेश गेलालले सहकारीखबरलाई बताए । 
काठमाडौं, ६ असोज । जिल्ला सहकारी संघ काठमाडौंको आयोजनामा भएको ६ दिने बिशिष्ट लेखा पालन तालिम सम्पन्न भएको छ ।
संघले सहकारीकर्मीहरुलाई लक्षित गरि असोज १ देखि सञ्चालन ६ गते सम्म तालिम संचालन गरेको थियो । सहकारीमा लेखा व्यबस्थापनका लागि तालिम अत्यन्तै उपलब्धिमुलक र प्रभावकारी रहेको तालिमका सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।
संघको कार्यालय विजुलीबजार स्थित आफ्नै तालिम हलमा सञ्चालन भएको तालिममा केन्द्रिय सहकारी प्रशिक्षण केन्द्र, सहकारी विभाग तथा सहकारी आन्दोलनका अनुभवी अभियन्ताहरु सहभागीहरुलाई तालिम दिएका थिए ।
तस्बिर सौजन्य : दिनेश गेलाल, जिल्ला सहकारी संघ काठमाडौं
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
