२० कात्तिक २०८३, शुक्रबार

लघुवित्त कार्यक्रमलाई राजनीतिक प्रभावबाट टाढै राखैँः गभर्नर

२०७१ असोज ६, सोमबार
लघुवित्त कार्यक्रमलाई राजनीतिक प्रभावबाट टाढै राखैँः गभर्नर

काठमाडौं, ६ असोज  । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले दुर्गम क्षेत्रमा लघुवित्त कार्यक्रम पुर्‍याउन लघुवित्तकर्मीहरुलाई आग्रह गरेका छन । हाल सदरमुकाम आवपासका क्षेत्रमा मात्रै लघुवित्त कार्यक्रम रहेको भन्दै त्यसलाई दुर्गम क्षेत्रमा पनि विस्तार गर्न आग्रह गरेका हुन् ।
नेपाल लघुवित्त बैंकर्स संघको आठौं वार्षिक साधारण सभामा राजधानीमा आयोजित कार्यक्रममा गभर्नर खतिवडाले लघुवित्त कार्यक्रमलाई राजनीतिक प्रभावबाट टाढै राख्नुपर्ने पनि बताए । द्धन्द्धका बेलामा पनि लघुवित्त कार्यक्रमले गरिबी घटाउन सहयोग पुर्‍याएको भन्दै उनले सुशासन र मूल्य मान्यतालाई अनुशरण गर्न पनि आग्रह गरे ।
राष्ट्र बैंकका पुर्व गभर्नर गणेश थापाले एउटै ग्राहकले धेरै लघुवित्तबाट रकम लिने प्रबृत्तिलाई नियन्त्रण गरिनुपर्ने बताए । उनले उच्च हिमाली क्षेत्रमा पनि लघुवित्त कार्यक्रम विस्तार गर्न आग्रह गरे । संघका अध्यक्ष धर्मराज पाण्डेले वित्तीय समाबेशीता बढाउन लघुवित्त सेवाको भुमिका बढि आवश्यक देखिएको बताए ।
संघले लघुवित्त बैंकहरुका लागि आचारसंहिता ल्याउन लागेको जनाएको छ । आर्थिक वर्ष २०७०÷७१ सम्म ६८ जिल्लामा सेवा पुगेको नेपाल लघुवित्त बैंकर्स संघले जनाएको छ ।

अभिलेख

लोकप्रिय