सहकारी बैंकमाथि राष्ट्र बैंकको सौतेनी व्यवहार !
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफै अनुगमन गर्दै अाएको राष्ट्रिय सहकारी बैंकलाई सौतेनी व्यवहार देखाएको छ । गत वर्षहरुमा झै यस वर्षको दशैमा पनि बैंकले राष्ट्र बैंकलाई नयाँ नोट उपलव्ध गराइदिनका लागि आग्रह गर्दै लेखेको निवेदन लत्याउदै राष्ट्र बैंकले सहकारीहरुलाई नयाँ नोट अहिले उपलव्ध नगराउने भन्दै खाली हात पठाएको छ । पटक पटक आग्रह गर्दा पनि राष्ट्र बैकले सहकारी बैंकलाई नयाँ नोट नदिएको हो ।
सहकारी बैंकले प्रत्येक वर्ष राष्ट्र बैंकबाट नयाँ नोट ल्याएर आफ्ना सदस्य सहकारीलाई नयाँ नोट प्रदान गर्दै आएको छ ।तर यो बर्ष सहकारीका बचत कर्ताहरुले नयाँ नोट नपाउने भएका छन् । उपत्यका भित्रका सहकारी संस्थाहरुलाई बैंकको केन्द्रिय कार्यालयबाटै र अन्य जिल्लाहरुमा बैंकको शाखाबाट नयाँ नोट दिदै आएको छ ।
यसपालि पनि गत वर्षझै नयाँ नोटका लागि राष्ट्र बैंकमा निवेदन दिएको तर सहकारीलाई नयाँ नोट नदिने भन्दै राष्ट्र बैंकले ठाडै अस्वीकार गरेको बैंकको दावी रहेको छ । बैंकले यस वर्ष १ करोड ४८ लाख रुपैयाँ बराबरको नयाँ नोटको माग गरेर राष्ट्र बैंकमा निवेदन दिएको थियो ।
राष्ट्र बैंकले भने विभिन्न सहकारीहरुबाट पनि छुट्टा छुट्टै नयाँ नोटको माग गर्दै निवेदन आएकोले अहिले सम्पुर्ण सहकारीलाई नयाँ नोट नदिएको र त्यसमा सहकारी बैंक पनि परेको बताएको छ । राष्ट्र बैंकका प्रबक्ता मनमोहन कुमार श्रेष्ठसग यो विषयमा जनकारी लिन खोज्दा फोन उठाएनन् ।
यस्तो थियो पत्र

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार