पाल्पा र गुल्मीका ६ सहकारी संस्था खारेजमा
पाल्पा, ५ असोज । दिनहुँ सहकारी संस्थाहरु खुल्नेक्रम बढिरहेका बेला पाल्पा र गुल्मीका ६ ओटा सहकारी संस्था खारेजमा परेका छन् । निरीक्षणकाक्रममा सहकारी ऐनअनुसार पारदर्शीता कायम नगरेका सहकारीहरुलाई सुधारको मौका दिँदा पनि नसच्चिएका सहकारीहरुलाई डिभिजन सहकारी कार्यालयले खारेज गरेको हो ।
पाल्पा खस्यौलीको मणिमुकुन्द सहकारी, गुल्मी दिगामको श्रृंगेश्वर आर्दश सहकारी, फोक्सिङको सत्यवती सहकारी, गुल्मी पुर्कोटको खड्गमबासी सहकारी, गुल्मी धुर्कोटको कालिका सहकारी र गुल्मी तुराङको जनकल्याण सहकारी खारेजीमा परेका हुन् ।
तीन वर्षसम्म लेखापरीक्षण नगर्ने, साधारणसभा नगर्ने र सहकारी कार्यालयमा वार्षिक कारोबारको प्रतिवेदन पेश नगर्ने सहकारी खारेजीमा परेका सहकारी निरीक्षक घनराज अधिकारीले जानकारी दिए ।
गत आर्थिक वर्षमा पनि पाल्पामा एक र गुल्मीका चार सहकारीको दर्ता खारेज गरिएको थियो । पाल्पा र गुल्मीमा ४ सय ६५ सहकारी सञ्चालित रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
