राज्यले सहकारीलाई अनावश्यक करको भारी बोकायोःओमदेवी
रुपन्देहीको कोटिहवामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न नवौँ साधारणसभामा बोल्दै सभासद्समेत रहेकी उपाध्यक्ष मल्लले सहकारीको माध्याबाट मात्रै गरिबी न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरिन ।
सहकारीको मापदण्ड परिमार्जन भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा सहकारी क्षेत्रले अपेक्षाअनुरुप फड्को मार्न नसकेको उनको भनाइ थियो । न्यून आय भएका सर्वसाधारण जनताको जीवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहे पनि राज्यले अनावश्यक रूपमा सहकारीलाई करको भारी बोकाएर सहकारीमाथि अन्याय गरेको उनले आरोप लगाइन ।
संस्थाका अध्यक्ष मेखराज पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समिति रुपन्देहीका मानव संसाधान अधिकृत उपेन्द्रराज ज्ञवाली, पशुपति उच्चमावि कोटिहवाका प्राचार्य वेदनारायण भट्टराईलगायतले सहकारीका सिद्धान्तलाई आत्मसात् गर्दै सामाजिक उत्तरदायित्वलाई बहन गर्न सकेमा सहकारी संस्थाहरू सफल हुने बताए ।
रुपन्देही, ५ असोज । राष्ट्रिय सहकारी सङ्घका उपाध्यक्ष ओमदेवी मल्लले मुलुकमा सहकारी व्यवस्था नभएसम्म आर्थिक विकास र समृद्धि असम्भव रहेको बताएकी छिन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
