सहकारीको समस्या समाधानका लागि सरकार गम्भिर — रजिष्ट्रार
हातेमालो साकोसमा पुनः कृष्ण पौडेल
सिमरा, ४ असोज । सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले सहकारी क्षेत्रका समस्याहरुको समाधानका लागि सरकार गम्भिर रहेको बताएका छन् ।
सहकारीको नियमन र व्यवस्थापनका लागि ऐन परिमार्जन गर्न लागेको पनि उनले बताए । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक साधारण सभामा बोल्दै पौडेलले कथित सहकारीकर्मीहरुका कारण समस्याहरु देखा परेको धारणा व्यक्त गरे । सुशासन र नियमनका लागि सहकारीकर्मीहरुनै गम्भिर हुनुपर्ने भनाइ उनको थियो ।
बचत तथा ऋण सहकारी संस्थाको नियमन चुनौतिपूर्ण रहेको भन्दै पौडेलले छुटटै बचत तथा ऋण सहकारी ऐन ल्याएर यसको व्यवस्थापन गर्नुका साथै सहकारीको पूंजी उत्पादन र उद्योग व्यवसायका अन्य क्षेत्रहरुमा परिचालित गर्नुपर्ने धारणा राखे । त्यस्तै कार्यक्रममा बोेल्दै संस्थाका अध्यक्ष एव्म नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक कृष्ण पौडेलले सामाजिक रुपान्तरणको मुख्य मेरुदण्डको रुपमा सहकारीले काम गरिरहेको बताए । उनले हातेमालो सहकारीले स्थापनाको छ वर्षमा हासिल गरेको उपलव्धिलाई संस्थागत गर्दै उत्पादन र सेवाका अन्य क्षेत्रमा प्रवेश गर्ने तयारी गरेको बताए ।
सभाको बन्दसत्रमा संस्थाका अध्यक्ष पौडेलले प्रगती प्रतिवेदन प्रस्तुत गर्दै आगामी तीन बर्षमा शेयर सदस्य तीन हजार चार सय पुर्याउने, कारोवार २६ करोड लक्ष्य रहेको बताए । संस्थाका लेखा संयोजक डम्बरमणी थेवे लिम्बुले लेखा समिति प्रतिवेदन र कोषाध्यक्ष शिवप्रसाद वाग्लेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । संस्थाले स्थापनाको छ बर्षमा एक हजार तीन सय सदस्यवीच १३ करोड ५० लाखको कारोवार गरिरहेको छ ।
साधारणसभाले तेस्रो कार्यकालका लागि पुनः अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष बिनोद कलवार, महिला उपाध्यक्ष सीता गुरुङ, सचिव यज्ञ आले, कोषाध्यक्ष शिव वाग्ले, सञ्चालकहरु ईद्रिस मियां, सञ्जय साह, पेशल मुल्मी, दिपक भट्ट, सुशिला आचार्य, बिदुर घिमिरे, बरुण गौतम, क्षमादेवी अधिकारी निर्वाचित भएका छन् । त्यस्तै लेखा समितिमा संयोजक डम्मरमणि थेवे लिम्वु र सदस्यहरु कृष्ण बर्तौला र किशोर शर्मा निर्वाचित भएको निर्वाचन प्रमुख भोला गौतमले सहकारीखबरलाई बताए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
