२० कात्तिक २०८३, शुक्रबार

भारतका गृहमन्त्री राजनाथ सिंहले भने, भारत नेपालमा शान्ति, स्थायित्व र समृद्धि चाहन्छ

२०७१ असोज ४, शनिवार
भारतका गृहमन्त्री राजनाथ सिंहले भने, भारत नेपालमा शान्ति, स्थायित्व र समृद्धि चाहन्छ

काठमाडौं । भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालको सामाजिक–आर्थिक विकासमा हरतरहले सघाउन भारत तत्पर रहेको बताएका छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का आन्तरिक मामिला÷गृहमन्त्रीहरूको छैटौँ बैठकमा भाग लिए। आज स्वदेश प्रस्थान गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारले विकास निर्माण योजना बनाएर भारतसमक्ष प्रस्तुत गरेमा जस्तोसुकै सहयोग गर्न आफ्नो मुलुक तयार रहेको बताएका हुन ।
तीनदिने नेपाल बसाइका क्रममा आफूले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमसहित सबै राजनीतिक दलका नेतासँग बेग्लाबेग्लै भेटवार्ता गरेको बताए । भेटका क्रममा नेपाली नेताहरूले निर्धारित मितिमै संविधान जारी गरेर नेपाललाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने प्रतिबद्धता व्यक्त गरेको जानकारी गराए ।
भारतले नेपालमा शान्ति, स्थायित्व र समृद्धि कायम होस् भन्ने चाहेको भन्दै उनले दुवै मुलुक शान्ति, समृद्धि र स्थायित्वका निम्ति परिपूरक भएको बताए । भारत–नेपाल सम्बन्धका विविध आयामबारे चर्चा गर्दै गृहमन्त्री सिंहले प्रागऐतिहासिक त्यो सम्बन्ध उत्तिकै भावनात्मक एवम् सुमधुर रहेको स्मरण गराए ।
भारतीय सुरक्षा निकायहरूमा रहेर नेपाली नागरिकले रगत पसिना बगाएकामा त्यसको मुक्तकण्ठले प्रशंसा गर्दै सिंहले नेपाल मात्र विश्वमा त्यस्तो एक्लो देश हो जसका नागरिक भारतीय सैन्यमा सेवारत छन् भने ।
प्रधानमन्त्री नरेन्द्र मोदीको गत महिना सम्पन्न नेपाल भ्रमणबाट दुवै मुलुकमा सकारात्मक प्रभाव परेको बताउँदै उनले भारतीय कम्पनी जिएमआर र नेपाल लगानी बोर्डबीच माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गर्न भएको आयोजना विकास सम्झौताबाट नेपालको आर्थिक विकासमा वैदेशिक लगानीका निम्ति ढोका खुलेको विचार व्यक्त गरे ।
‘माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा दुवै मुलुकबीच सम्झौता हुनु भारत र नेपालका लागि ठूलो उपलब्धि हो’, सिंहले भने,‘विकासका साझेदार हामीले एकअर्काका भावना र चाहनाको कदर गर्दै दुवै देशका जनताको हित प्रवद्र्धनमा अघि बढ्नुपर्छ ।’

अभिलेख

लोकप्रिय