६ मुलुकमा कार्यरत नेपाली कुटनीतिज्ञसँग प्रधानमन्त्रीले के जानकारी लिए ?
अवुधावी (युएइ), ४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले छ मुलुकमा कार्यरत नेपाली कुटनीतिज्ञसँग वैदेशिक रोजगारमा गएका नेपालीले झेल्दै आएका समस्या र सरकारका तर्फबाट तत्काल सम्बोधन गरिनुपर्ने विषयवस्तुका बारेमा जानकारी लिएका छन् ।
संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा भाग लिन न्युयोर्क जानेक्रममा प्रधानमन्त्रीले बाटोमा पर्ने मुलुक संयुक्त अरब इमिरेट्समा भेला भएका मध्यपूर्वी एसिया, पश्चिम एसिया र उत्तरी अफ्रिकी मुलुकमा कार्यरत राजदूत तथा कार्यबाहक राजदूतबाट रोजगारीका सिलसिलामा ती मुलुकमा पुगेका नेपाली नागरिकले ब्यहोर्नु परेका झन्झट र सुल्झाउन सकिने उपायका बारेमा जानकारी हासिल गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत धनञ्जय झा, साउदी अरेबियाका राजदूत उदयराज पाण्डे तथा कुवेतका लागि कार्यबाहक राजदूत विशाल भट्टराई, ओमनका लागि कार्यबाहक राजदूत झविन्द्र अर्याल, कतारका लागि कार्यबाहक राजदूत गणेश ढकाल र इजिप्टका लागि कार्यबाहक राजदूतले सम्बन्धित देशमा देखिएका श्रमसम्बन्धी समस्या, समाधानका लागि सरकारका तर्फबाट चालिनु पर्ने प्रयासका बारेमा केन्द्रित रहेर धारणा प्रस्तुत गरेका थिए ।
राजदूतहरुले श्रमदाता मुलुकमा कामदार पठाउनुपूर्व त्यहाँ रहेको राजदूतावासको सिफारिसलाई अनिवार्य गरिने हो भने अहिले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका आधा समस्या स्वतः घट्ने भनाइ प्रस्तुत गरे ।
विदेशमा रोजगारीमा गएका नेपाली कामदारले खासगरी राहदानी, सम्झौताअनुसारको परिश्रमिक र सम्बन्धित देशको कानुन पालनामा देखिएको कमी कमजोरीलाई लिएर समस्या खेप्दै आउनुपरेको उनीहरुले जानकारी गराए ।
पछिल्लो समय गैरकानुनीरुपमा दलालमार्फत वैदेशिक मुलुकमा गएर दुःख पाएका घटनासमेत बढिरहेको उनीहरुको भनाइ थियो ।
दलालको फन्दामा पर्दा एउटा मुलुकका लागि भनी पैसा बुझाएर हिँडेको व्यक्तिलाई अन्यन्त्र पुर्याएर अलपत्र पारिदिने तथा सम्झौताअनुसारको पारिश्रमिक नपाएका रोदनहरु बोकेर दूतावासमा धाउनेको सङ्ख्यासमेत ठूलै रहेको बताइएको छ ।
रोजगारीका क्रममा विभिन्न मुलुकमा सजाय भोगिरहको तथ्याङ्क र उनीहरुलाई त्यहाँबाट निकाल्न सरकारी तवरमा भइरहेको प्रयास तथा कामदारको हकहित र अधिकारका लागि कानुनमा ल्याउनुपर्ने सुधारका बारेमा केन्द्रित रहेर उनीहरुले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
यी मुलुकमा मात्रै अहिले १५ लाखभन्दा बढी नेपाली रोजगारीका लागि श्रम बेचिरहेको बताइएको छ । पछिल्लो समय एमआरपी छपाइमा देखिएको त्रुटिले समेत वैदेशिक रोजगारीमा गएको नागरिकलाई थप पिरोलेको जनाउँदै नियोगमा जनशक्तिको कमी भएको बारेमा पनि प्रधानमन्त्रीलाई उनीहरुले जानकारी गराएका थिए ।
प्रधानमन्त्री कोइराला महासभामा भाग लिन आज राति अबेर न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
