साना किसान कृषि सहकारीले १२ प्रतिशत लाभांश बाड्ने
बारा ४ असोज । साना किसान कृषि सहकारी संस्था लि. मनहर्वा बाराको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको डिभिजन सहकारी कार्यालय बाराका प्रमुख मुरारी तिमल्सेनाले उद्घाटन गरे । तिल्सेनाले सहकारी विकास संगै आवद्ध सदस्यहको आर्थिक सामाजिक विकासमा सहकारी संस्थाको अहमं भमिका रहेको बताए ।
उनले सहकारीको उचित ब्यवस्थापन नियमन र नीति नियम संगत संचालन आजको आवस्यकता र चुनौति भएको औंल्याए । नाममात्रका सहकारीहरुले गर्ने गैह्र कृयाकलापमा सरकारले निगरानि बढाएको समेत जानकारी गराए । बारा जिल्लाको उत्तरी क्षेत्रका सहकारीहरुको कृयाकलाप जिल्लामै उत्कृष्ठ रहेको भन्दै साना किसान लगायतका सहकारीहरुको प्रशंसा समेत गरे ।त्यस्तै साना किसान कृषि सहकारी संघ लि.बाराका अध्यक्ष शिव प्रसाद अधिकारीले देशभर छरिएर रहेका झण्डै ६सय साना किसान कृषि सहकारी संस्थाहरुले ग्रामिण विपन्न सिमान्तकृतहरुमा स्व नेतृत्वका साथ कार्यक्रम संचालन गरीरहेको बताए ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ लि.बाराका उपाध्यक्ष मिश्रिलाल सहनि, साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाका अध्यक्ष कृष्ण न्यौपाने, साना किसान कृषि सहकारी संस्था लि. फत्तेपरका अध्यक्ष कन्हाईलाल थारु, साना किसान कृषि सहकारी संस्था लि. भोडहाका अध्यक्ष पुनदेव प्रसाद रौनियार,साना किसान कृषि सहकारी संस्था लि. इनर्वासिराका अध्यक्ष सुशिला चौधरी,गाविस मनहर्वा सचिब कमल भुर्तेल, मनहर्वाका निवर्तमान उपाध्यक्ष मिठुराज भारती, गाविस उत्तर झिट्कैंयाका भुतपूर्र्व उपाध्यक्ष पुनदेव साह,मनहर्वा स्थीत मोक्षदा कृषि सहकारी संस्थाकी अध्यक्ष नर्मदा दाहाल,सर्वसुलभ साकोसका अध्क्षक्ष्य वेद प्रसाद घिमिरे लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।
सभाबाट संस्थाले वितेको आर्थिक बर्षमा गरेको झण्डै ३६लाख नाफाबाट सदस्यहरुलाई १२ प्रतिशतका दरले लाभाँस बाँड्ने निर्णय गरेको छ । कार्यक्रमा साना किसान परिवार भित्रका जेष्ठ नागरीक वृद्धा ७४ बर्षिया घरभर्नी थरुनि, अपाङ्ग अमृता कुमारी र दिपेन्द्र प्रसाद चौधरीलाई दोसल्ला आडाएर नगद सहित सम्मान गरेको छ ।
त्यसैगरी यस बर्ष एसएलसि परिक्षामा श्री नेरा उच्च मावि मनहर्वा तथा नेरामावि जैतापुरबाट प्रथम श्रेणिमा उतिर्ण छात्रा निशा क्षेत्रि,रंजीता थापा र सुस्मिता दाहाललाई नगद तथा कदरपत्रले सम्मान गरेकोछ ।
१५सय ५० जना शेयर सदस्य मध्येबाट चुनिएका ४सय प्रतिनिधि सदस्यहरुले सभामा भाग लिएका थिए ।
२०६०साल पौषमा स्थापनाभएको संस्थाले बाराको मनहर्वा र उत्तर झिट्कैंया गाविसका सदस्यहरुसँगे करिब दश करोडको आयब्यय तथा लगानि असुलि गरीरहेको प्रतिवेदन सार्वजनीक गरीएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
