मन्त्रीविनै चलेको सहकारी मन्त्रालयको अबस्था बेहाल
सरकार गठन भएको सात महिना बितिसक्दा गेट नजिकैबाट दैनिक ओहोरदोहोर गर्ने प्रधानमन्त्री आफ्नो मन्त्रालय कस्तो छ भनेर प्रवेश गर्न भ्याइरहेका छैनन् । कुनै काम र समस्यका बारेमा गुनासो लिएर भेट्न चfहाने मन्त्रालयका सचिव र आन्दोलनका अगुवाहरुलाई उनले समय अभाव भन्दै टारिरहका छन् ।
काठमाडौं, ३ असोज । सहकारी आन्दोलनका अगुवाहरुको लामो पहल पछि स्थापना भएको सहकारी तथा गरिबी निवारण मन्त्रालयको अवस्था बेहाल बन्दै गएको छ । प्रधानमन्त्री सुशील कोइरालाको सम्हालेको यो मन्त्रालय उनले सात महिना बितिसक्दा पनि प्रवेश गरेका छैनन् ।
त्यसो त बाबुराम भट्टराईको प्रधानमन्त्री बनेको बेला स्थापना भएको मन्त्रालय सुरुमा एकनाथ ढकाल मन्त्री भए । बाबुरामको सरकार परिवर्तन भएर खिलराज रेग्मीले मन्त्रीपरिषदको अध्यक्षताको हैसियतले आफ्नै गोजीमा मन्त्रालय राखे । मन्त्रीपरिषदको अध्यक्ष र सहकारी मन्त्री भएको हैसियतले एक पटक मात्र मन्त्रालयमा पुगे तर कोइरालाले सम्हालेको यो मन्त्रालय सात महिना बितिसक्दा पनि न उनले सहकारी क्षेत्रको अबस्था बारे जानकारी राखेका छन त न मन्त्रालयको काम कारबाहीको बारेमा नै सोधीखोजी । मन्त्रालयमा कार्यरत कर्मचारीको त कुरै भएन पछिल्लो सचिवले समेत मन्त्री भेट्न पाएका छैनन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
