सहकारीमार्फत मौरी र केराका लागि दुई नमुना गाउँ निर्माण गरिँदै
प्युठान । जिल्ला कृषि विकास कार्यालय प्युठानले जिल्लाका दुई गाविसमा मौरी र केराका लागि नमुना गाउँ निर्माण कार्य सुरु गरेको छ ।
दक्षिणी क्षेत्रमा रहेको बाङ्देशाल गाविसमा केराका लागि र ढुङ्गेगढी गाविसको मोतिपुरलाई मौरीका लागि नमुना गाउँका रुपमा विकास गर्ने गरी कार्य सुरु भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने कार्यक्रमअन्तर्गत नमुना गाउँ कार्यक्रम सुरु भएको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत महेशचन्द्र आचार्यले बताए ।
कार्यक्रमअन्तर्गत मोतिपुरका कृषकलाई अनुदानमा एक सय वटा मौरीघार दिई सामूहिक मौरीपालन गर्ने तथा केराखेतीका लागि बाङ्देशालमा १० हजार उन्नत जातका बिरुवा लगाउने तयारी भएको अधिकृत आचार्यले बताए ।
प्युठान जिल्ला मौरी पालनका लागि राम्रो सम्भावना भएको भए पनि व्यावसायिक मौरीपालन सुरु नभएको भन्दै मौरीपालन विकास विभाग गोदावरीका कार्यालय प्रमुख तथा मौरी विकास विज्ञ सावित्री बरालले जिल्लामा मौरीको सम्भावनालाई मध्येनजर गरी आफूहरूले पनि सहयोग गर्ने बताए ।
उनका अनुसार जिल्लामा व्यावसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्नसकिने अवस्था रहेको छ । गत वर्ष गोरखा, चितवन, इटहरी र नवलपरासीका मौरीपालक कृषकले जिल्लामा मौरी चरणका लागि लगेर एक हजार २ सय भन्दा धेरै मौरी घारबाट झन्डै एक करोड आठ लाख आम्दानी गरेको कृषि तथ्याङ्कले देखाएको छ ।
एैरावती कृषि सहकारी संस्था बड्डाँडामा जिल्लामै पहिलोपटक मह प्रशोधन केन्द्रको स्थापना गर्न लागिएको भन्दै जिल्ला कृषि विकास कार्यालयले जिल्लामा व्यावसायिक मौरी पालनमा लाग्नेलाई प्रविधिक सीप र अनुदानसमेत दिने जनाएको छ ।
त्यस्तै जिल्लामा आवश्यक पर्ने केराको आधा हिस्सा पनि जिल्लामा उत्पादन नहुने गरेको भन्दै कार्यालयले जिल्लामा उत्पादन भएको केरा जिल्लामै खपत हुने भएकाले त्यसमा समेत सम्भावना धेरै रहेको जानकारी दिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको बचत फिर्ता प्रक्रिया अघि बढ्यो, ऋण असुलीमा पनि सरकार सक्रिय
५ जेष्ठ २०८३, मंगलवार
रामशरणजी पनि अभियानको महत्वपूर्ण व्यक्ति हो । उहाँले जिद्दी नगर्या भए हुन्थ्यो: बडाल
४ जेष्ठ २०८३, सोमबार
हेलो सरकारमा गुनासोपछि सहकारीमा दुई दिने बिदा अनिवार्य
१ जेष्ठ २०८३, शुक्रबार