२० कात्तिक २०८३, शुक्रबार

सर्वनाममा शुक्रबार देखी ‘किनारको कथा’

२०७१ असोज २, बिहिबार
सर्वनाममा शुक्रबार देखी  ‘किनारको कथा’

काठमाडौं, २ असोज । सर्वनामको ३ महिने बन्द प्रशिक्षणमा रहेका प्रशिक्षार्थीहरुले तयार पारेको नाटक ‘किनारको कथा’ शुक्रबार देखी सर्वनाम नाटकघरमा मञ्चन हुदैछ ।

सर्वनामले चलाएको ३ महिने प्रशिक्षण कार्यक्रम अन्तर्रगत तयार गर्नुपर्ने यो नाटकको लेखन तथा निर्देशन स्यंम प्रशिक्षार्थी समुहकै रहेको छ । पुर्वी पहाडको माझी समुदायको कथालाई उठान गरिएको नाटक माझी समुदायमा प्रविधीको बिकासले पारेको प्रभावलाई उठान गरेको जनाएको छ । डिल्लीवजारमा सर्वनामले आफ्नो नाटकघर बनाएपछी नै चलाउदै आएको नियमीत नाट्य प्रशिक्षण अन्र्तरगत छैठौ समुहलाई नाटक प्रशिक्षण दिइ सकेको छ ।

तिनै छैठौ ब्याच समुहका प्रशिक्षार्थीहरुले नै तयार पारेको नाटकमा सुप्रिया राना, राजीव शाही, सुगन्ध सुवेदी, सीता राना, दिकेश महर्जन, शंकर पराजुली, राज, सबिना गोपाली, दीपा कार्की, केशव रिजाल, शिव खाँड, रोमियो गुरुङ्ग, सिमन खड्का, छिरिङ्ग लामा, मिमाङ किँरात, महावीर विश्वकर्मा लगायतको अभिनय रहेको छ ।

अभिलेख

लोकप्रिय