पूर्वगृहमन्त्रीलाई विमानबाटै फालिदिए पछि (हेर्नुस् भिडियो )
गृहमन्त्री भनेको शक्तिशाली पद हो । हाम्रो देशमा पनि गृहमन्त्रीको शान नै बेग्लै हुन्छ । तर पाकिस्तानमा भने ढिलो आएर विमानलाई २ घण्टा ढिलो गराएको झोंकमा यात्रुले पूर्वगृहमन्त्रीलाई विमानबाटै फालिदिएका छन् । यात्रुहरुले आक्रोशित भएर विमानबाट गृहमन्त्रीलाई फ्याँकेको भिडियो यतिबेला भाइरल बनेको छ ।
घटना सोमबारको हो । कराँचीस्थित जिन्ना अन्तर्राष्ट्रिय विमनस्थलबाट साँझ ७ बजे उड्नु पर्ने विमान पूर्व गृहमन्त्री रहमान मल्लिक समयमा नआएका कारण २ घण्टा सम्म रोकियो । २२० यात्रु सवार विमान रोकेर बसेपछि यात्रुहरु भने आक्रोशित बने ।
उक्त विमानमा पूर्व गृहमन्त्री रहमान मल्लिक लगायका अधिकारी पनि चढ्ने वाला थिए । तर उनीहरु २ घण्टा ढिलो मात्र विमानस्थल पुगेर विमान चढ्न खोजे । त्यतिबेला भने अवस्था असहज बन्यो । यात्रुहरुले उनलाई विमान चढ्नबाट रोके ।
विमानमा चड्न नपाएपछि पूर्वमन्त्रि मल्लिक र अर्का एक राजनीतिज्ञ विमानबाट फर्किएका थिए । यात्रुहरुले तिमी अव मन्त्री होइनौ । यदि मन्त्री भएपनि हामीलाई कुनै मतलव छैन भन्दै चिच्याएको सुन्न सकिन्छ ।
उनीहरुले यात्रुहरुसँग माफी माग्न समेत दवाव दिएका थिए ।रहमान मल्लिकले भने ट्वीटरमार्फत विमान आफ्नो कारणले भन्दा पनि प्राविधिक कारणले रोकिएको भन्दै आफ्नो बदनाम गर्न खोजिएको दावी गरेका छन् । नेपालीहेडलाईन्सको सहयोगमा
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
