घर भाडा तिर्दातिर्दै हैरान हुनुभएको छ ? अब सस्तोमा घर बनाउने तपाईको सपना पुरा हुदैछ
भाडा तिर्दातिर्दै हैरान हुनुभएको छ ? केही लाख रुपैयाँ जम्मा गर्न पनि सक्नुहुन्छ भने पोखरामा घर बनाउने सपना पुरा हुन सक्छ ।
आवासका लागि सहयोग समूह लुमन्तीले डेरामा बस्दै आएका व्यक्तिलाई लक्ष्य गरी पोखरामा दोस्रो चरणको आवास परियोजना सुरु गर्देछ । पोखरा १७ सीतापाइला र बिरौटामा सस्तो आबासको परियोजना सुरु हुन लागेको हो ।
लुमन्तीले धमाधम आवेदन संकलन गर्ने काम गरिहेको छ । यी दुई स्थानमा १ सय ६५ वटा घर बनाउने उसको योजना हो । सस्तो आवास चाहनेले कम्तीमा पनि साढे २ आना जग्ग खरिदका लागि ५ लाख रुपैयाँ खर्च गर्नुपर्छ ।
त्यतिमा जग्गा किनेर आफ्नो बनाइसकेपछि घर बनाउने खर्च लुमन्तिले लक्ष्मी बैंकबाट सस्तोदरको व्याजमा ऋण उपलव्ध गराउँछ । ब्याज ८ प्रतिशतमात्रै हुन्छ । ऋणको किस्ता मासिक ६ हजार ३ सय ५० का दरले ७ वर्षसम्म तिरे पुग्छ ।
आजको नागरिक दैनिक लेख्छ, कम्तीमा पनि ५ वर्ष पोखरामा डेरामा बसेका व्यक्तिलाई प्राथमिकता दिइने लुमन्तिका प्राविधिक गणेश पुनले जानकारी दिए । त्यसमा पनि पहिलो कास्की र त्यसपछि पश्चिमाञ्चलका व्यक्ति र त्यसपछि अन्तकालाई प्राथमिकता दिइने जनाइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
