देशका ७२ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा
काठमाडौँ, १ असोज । अहिलेको बजार निजी क्षेत्रको नियन्त्रणमा छ । आपूर्ति र वितरणमा उनीहरूको एकाधिकार भएकाले मूल्य उनीहरूले नै निर्धारण गर्ने गर्दछन् ।
बजार मूल्यमा सरकारको हस्तक्षेपकारी भूमिका कम भएकाले बेला बेलामा मूल्यमा विचलन आउने पनि गर्दछ । यसै तथ्यलाई ध्यान दिई वाणिज्य तथा आपूति मन्त्रालयले आफू मातहतका चारवटा सार्वजानिक सेवा प्रदायक संस्थाका सेवालाई सहुलियतदरमा सुपथ मूल्य पसलमार्फत बिक्री वितरण गर्न आजदेखि सुरु गरेको छ ।
आसन्न बडादसैँ, तिहार, छठ पर्वलाई ध्यान दिई साल्ट ट्रेडिङ कर्पाेरेसन, नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङ कम्पनी र दुग्ध विकास संस्थानले संयुक्त रुपमा आजदेखि कात्तिक १५ गतेसम्म सञ्चालन हुने गरी उपत्यकाभित्र नौ र उपत्यका बाहिर ६३ गरी कुल ७२ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् ।
निजी क्षेत्रलाई मूल्य वृद्धि हुन नदिन र दैनिक उपभोगका वस्तु सहज र सरल रुपमा आम उपभोक्ताले पाउन् भन्ने ध्येयले ती पसल सञ्चालनमा ल्याइएको हो । ती पसलमा चारवटै संस्थानले बिक्री वितरण गर्दै आएका वस्तुहरू ग्यास, दाल, चालम, चिनी, नुन, तेल, घ्यू आदि रहेका छन् ।
वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले नेसनल ट्रेडिङ कम्पनीको केन्द्रीय कार्यालय रामशाहपथमा सहुलियत दरका पसलको सुभारम्भ गर्नुभयो ।
कार्यक्रममा साल्ट ट्रेडिङ कर्पाेरेसनका महाप्रबन्धक उर्मिला श्रेष्ठले चिनीमा प्रतिकेजी रु पाँच र नुनमा प्रतिकेजी रु दुई छुटसहित अन्य वस्तुमा छुट दिन लागेको जानकारी दिनुभयो ।
नेपाल खाद्य संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले चामलमा प्रतिकेजी रु दुई छुट दिन लागेको जानकारी दिनुभयो । नेसनल ट्रेडिङ कम्पनीका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले उपकरणलगायत अन्य वस्तुमा आवश्यकताअनुसार छुट भएको बताउनुभयो ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक गङ्गा तिमल्सिनाले घ्यूमा प्रतिकेजी रु १० छुट दिइएको बताउनुभयो । वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद विडारीले आम उपभोक्ताले सहज र सरल रुपमा दैनिक उपभोगका वस्तु पाउन् भन्ने ध्येयले सुपथ पसल सञ्चालनमा ल्याइएको बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
