कृषि बजार स्थापनामा सरकारले सहयोग गर्नेछः कृषिमन्त्री पराजुली
काठमाडौ १ असोज । कृषिमन्त्री हरिप्रसाद पराजुलीले कृषि उत्पादन बृद्धिका साथै बजारको पनि त्यत्तिकै खाँचो भएकोले निजीक्षेत्रलाई पनि बजार स्थापनामा सहयोग गर्ने तयारी गरिरहेको र आफ्नै खुट्टामा उभिन सक्ने नहुन्जेलसम्म राज्यले नै सहयोग गर्ने कार्यक्रम ल्याउन लागेको बताएका छन् ।
बल्खु कृषि तथा तरकारी बजारको दोस्रो वार्षिकोत्सवका अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले सो कुरा बताएका हुन ।
कृषिमन्त्री पराजुलीले नेपालको कृषि निर्बाहमूखी भएकोले फड्को मार्न नसकेको बिचार पनि व्यक्त गरे । करिब ३५ लाख युवाहरु विदेशिएको र ३९ लाख युवाहरु बेरोजगार रहेको बताउदै उनले व्यवसायिकताको विकास हुन सकेमा कृषिमै रोजगारी र आर्थिक उन्नतिको क्षमता रहेको धारण पनि व्यक्त गर्ने । व्यवसायिकताको विकासका लागि उन्नत बीउ र उन्नत प्रविधि प्रयोगमा जोड दिदै किसानका लागि बजारको सुनिश्चितता गरिने आश्वासन दिए । उहाँका अनुसार कोल्डस्टोरेजमा सामान राख्नुपर्छ तर कोल्ड स्टोरेज गर्नुभन्दा त्यसलाई प्रशोधन गरेमा बढी लाभ लिन सकिन्छ ।
कृषिमन्त्री पराजुलीले निर्बाहमूखी खेती प्रणालीबाट व्यवसायिक खेती प्रणालीमा जानुपर्ने र अर्गानिक खेतीतर्फ लाग्नुपर्नेमा जोड दिए । उत्पादन लागत घटाउन पनि उहाँले किसानहरुलाई आग्रह गर्नुभयो । उनले कृषि उत्पादनलाई वासिङ, ग्रेडिङ र प्याकेजिङ गरी उपभोक्तासमक्ष पुर्याउने काम गरेमा सरकारले सहयोग गर्ने आश्वासन पनि दिए । कृषिमन्त्री पराजुलीले सरकारले कृषि क्षेत्रको विकासका लागि बजेटमा रकम राखेर उच्च प्राथमिकताका साथ कार्यक्रमहरु बनाएको दाबी पनि गरे ।
सो अवसरमा बल्खु कृषि तथा तरकारी बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले भने । दुई बर्षको छोटो अवधिमा नै बल्खु कृषि तथा तरकारी बजार तरकारीको बिक्री बितरणमा भएको बिचौलिया प्रबृत्ति रोक्न, उपभोक्तालाई उचित मोलमा ताजा तरकारी उपलब्ध गराउन र किसानहरुको भरपर्दो तरकारी बजारको रुपमा स्थापित हुन सफल भएको छ ।
भौगोलिक विविधता र अनुकूल हावापानीका कारण नेपालमा मूल्यवान कृषिबस्तुको उत्पादन गर्न सकिने संभावना रहेको चर्चा गर्दै कार्यकारी निर्देशक कुँवरलेभने, तर नेपालले बर्षेनी १०० अर्बभन्दा बढीको कृषि उपज, तरकारी र माछामासु आयात गर्नु परिरहेको छ । उनले यस्ता बजारहरुको स्थापनाबाट किसानलाई प्रत्यक्ष सहयोग पुग्ने भएकोले सरकारले बहालकर, स्थानीय विकास कर तथा कर्जामा ब्याज छुट गरिनुपर्ने खाँचो रहेको छ ।
सो अवसरमा कृषि विकास मन्त्रालय अन्तर्गतको व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट परियोजन निर्देशक योगेन्द्रकुमार कार्कीले प्याक्ट परियोजनाले किसानलाई कृषिक्षेत्रमा लाग्न प्रोत्साहित गरेको र यही कारण अहिले परियोजनाको कार्यक्षेत्र देशव्यापी बनेको जानकारी दिए ।
उनले कृषिक्षेत्रमा खास काम गर्नेलाई प्याक्टले सहयोग गर्ने तर फजुल खर्च गर्नेका लागि यो परियोजनाले साथ नदिने बताए । उनले प्याक्टको बजेट अहिले १ अर्बबाट अहिले ८ अर्ब रुपैयाँ पुगिसकेको जानकारी दिए । सो अवसरमा बजारका सल्लाहकार ठाकुरप्रसाद गजुरेल, मोहनकुमार बस्नेत लगायतका बक्ताले बोलेका थिए । वार्षिकोत्सवका अवसरमा कृषिक्षेत्रमा कलम चलाउने नागरिक दैनिकका पत्रकार सुजन ओली, ५ जना कृषि व्यवसायी र ५ जना कृषकहरुलाई सम्मान गरिएको थियो । साथै मन्त्री पराजुलीले वार्षिकोत्सवका अवसरमा रक्तदान गर्ने ७० जनालाई प्रमाणपत्र प्रदान गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
