२० कात्तिक २०८३, शुक्रबार

नयाँ सामाजिक सञ्जालमा पुरुषलाई नो इन्ट्री

२०७१ भदौ ३१, मङ्गलबार
नयाँ सामाजिक सञ्जालमा पुरुषलाई नो इन्ट्री

सामाजिक सञ्जाल फेसबुककी एक पूर्वकर्मचारीले नयाँ सामाजिक सञ्जाल खोलेकी छिन् । जुन सञ्जाल महिलाकालागि मात्र खोलिएको हो ।‘वेमेन डट कम, women.com नामको यो सञ्जाल सवाल – जवाफमा आधारित छ । यस सञ्जालमा ‘पुरुषको प्रवेश निषेध’गरिएको छ ।

 

सञ्जालकी फाउण्डर सुजेन जोनसनले महिलाहरुबीच एकअर्कामा जोड्नका लागि बनाइएको बताएकी छिन् । महिलाल आफ्नो मनको कुरा खुलेर लेख्न सकिने र पुरुषको कुनै हस्तक्षेप नरहने सुजेनले जानकारी दिएकी छिन् ।

महिलाको करियर, स्वास्थ्य, ब्युटी, पोलिटिक्स, फेसन र अन्य मुद्धामा छलफल गर्न सकिने छ । महिलाको मनमा लागेका कुरा खुलेर बात गर्न र लेख्न सक्ने साइट बनाउन सुजेनको चाहना रहेको बताएकी छिन् ।

एजेन्सिको सहयोगमा

अभिलेख

लोकप्रिय