आयल निगमका उच्च अधिकृतसहित ९७ विरुद्ध मुद्दा
काठमाडौँ, ३१ भदौ । अख्तियार दुरुयोग अनुसन्धान आयोगले पेट्रोलियम पदार्थको चोरीमा संलग्न नेपाल आयल निगम भलबारी डिपोका उपनिर्देशकसहित ९७ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भारतबाट पेट्रोलियम पदार्थ ल्याउँदा ट्यांकर धनीको मिलेमतोमा कम परिमाण देखाई राजस्व हिनामिना गरेको अभियोगमा रु सात करोड ७७ लाख माग दाबी गर्दै आयोगले सहायक प्रबन्धक अजितकुमार पोखरेल, उपप्रबन्धक कौशवराज आचार्य, सहायक प्रबन्धक रवीनकुमार रावत, प्रबन्धक दीपेन्द्र बस्नेत, सहायक प्रबन्धक रामभक्त कार्की र उपप्रबन्धक देवेन्द्रबहादुर केसीविरुद्ध मुद्दा दायर गरिएको जनाइएको छ ।
आयोगका अनुसार चार पेट्रोलियम पदार्थ व्यवसायी, ६६ ट्यांकरधनी र १९ ट्यांकर चालकविरुद्ध पनि सोही आरोपमा अभियोगपत्र दर्ता गराइएको छ । उनीहरूले भारतको बेतालपुरबाट रुपन्देही जिल्लास्थित भलबारी डिपोमा पेट्रालियम पदार्थ ढुवानी गर्दा निगमका जिम्मेवार कर्मचारीले गैरकानुनी काम गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।
निगमका कर्मचारीले पेट्रोलियम पदार्थ व्यवसायी, ट्यांकरधनी एवम् चालकको मिलेमतोमा निर्धारित परिणामभन्दा बढी तेल आयात गरेको, आयातीत तेल सिधै डिपोमा नलगी बीच बाटामा नै ट्यांकरको सिल तोडी अनाधिकृत रुपमा तेल झिकेको पाइएको थियो ।
निर्धारित परिणामभन्दा बढी आयात गरिएको पेट्रोलियम पदार्थको राजस्वसमेत नतिरेको जनाइएको छ । राजस्व नतिरेको रु एक करोड नौ लाख ३६ हजार ४००, पेट्रोलियम पदार्थ झिकी निगमलाई हानि पुर्याएको रु छ करोड १७ लाख दुई हजार ७५३का साथै रु ५१ लाख ४५ हजार गरी कुल रु सात करोड ७७ लाख ८४ हजार १५४ बराबरको रकम भ्रष्टाचार गरेको आयोगको जिकिर छ ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हदैसम्मको कारबाहीको माग गरिएको छ । पेट्रोलियम पदार्थ दुरुपयोग गरेको अभियोगमा उनीहरू केही समय पहिले पक्राउ परेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
