२० कात्तिक २०८३, शुक्रबार

रोयल को–अपरेटिभको मुनाफा २२ लाख

२०७१ भदौ ३०, सोमबार
रोयल को–अपरेटिभको मुनाफा २२ लाख

स्याङ्जा, ३१ भदौ । स्याङ्जा सदरमुकाममा २०५८ सालदेखि संचालनमा आएको रोयल को–अपरेटिभ सोसाईटी लि.ले आर्थिक वर्ष २०७०÷०७१ मा २१ लाख ३८ हजार ४ सय १५ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाले सो अवधिमा ८ करोड १६ हजार ७८ हजार ७ सय ९३ निक्षेप संकलन गरि ७ करोड ४५ लाख ९ सय ८४ रुपैया“ कर्जा प्रबाह गरेको थियो । रोयलले खुद खर्च १ करोड १५ लाख ६५ हजार ५ सय ८५ रुपैया“ गरि उक्त नाफा आर्जन गर्न सफल भएको हो ।
१३ औं वार्षिक साधारण सभा मनाएको सदरमुकामको पुरानो संस्थाले कृषि, पशुपालन, लगाएतका क्षेत्रमा लगानी गर्दै आएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा रोयलले २५ लाख ८३ हजार मुनाफा आर्जन गर्ने लक्ष्य लिएको छ ।

अभिलेख

लोकप्रिय