२० कात्तिक २०८३, शुक्रबार

सहयात्री साकोसद्वारा समाजसेवीलाई सम्मान

२०७१ भदौ ३०, सोमबार
सहयात्री साकोसद्वारा समाजसेवीलाई सम्मान

पर्सा, ३० भदौ । सहयात्री बचत तथा ऋण सहकारी संस्था लि. बिर्वागुठी पर्साको सातौं साधारणसभा सम्पन्न भएको छ ।

सभामा संस्थाका अध्यक्ष बिरेन्द्र राज कंडेलले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन एवं प्रस्तावित कार्यक्रमहरु तथा संस्थाका कोषाध्यक्ष राम आश्रे शाहले प्रस्तुत गरेको आर्थिक र प्रस्तावित बजेट सर्वसम्बतले पारीत गरेको छ । त्यस्तै संस्थाका ऋण तथा अनुगमन उपसमितिका संयोजक जंग बहादुर दास थारुले प्रस्तुत गरेको ऋण सम्बन्धी प्रतिबेदन पनि पारीत गरेको छ ।

संस्थाले समाज सेवामा अग्रसर रहेका प्रेम बहादुर अर्याल र बेलबहादुर उप्रेतीका साथै जिल्ला स्तरमा रही सामाजिक हित हकमा लागेका नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति फुलमहम्मद मिया लाई दुबोको माला लगाइ कदर पत्र दिई सम्मान गरेको छ ।

संस्थाले असल ऋणी यमुना भुजेल, नियमित बचतकर्ता गौरी रिमाल एवं उत्कृस्ट कर्मचारी लक्ष्मी भट्टराई सम्मान गरेको छ । सभामा प्रमुख अतिथि नारायणी अञ्चलका प्रहरी प्रमुख बरिस्ठ प्रहरी निरीक्षक सर्बेन्द्र खनाल रहेका थिए ।

अभिलेख

लोकप्रिय