२० कात्तिक २०८३, शुक्रबार

सहकारी मार्फत देशभर १० लाख घर निमार्ण गरिने

२०७१ भदौ ३०, सोमबार
सहकारी मार्फत देशभर १० लाख घर निमार्ण गरिने

संघका जिल्ला अध्यक्ष नवराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघकी केन्द्रीय सदस्य शान्ति अधिकारी, गैडाकोट सहकारी मञ्च गैँडाकोट, नवलपरासीका सचिव गोविन्द रिमाल, नवलपरासी जिल्ला बचत तथा सहकारी संघका अध्यक्ष राम प्रसाद सिग्देल,  नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेल, जगन्नाथ भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ चितवनको आयोजनामा गरिएको अभिमुखिकरण कार्यक्रममा १ सय ५५ वटा संस्थाका प्रतिनिधीहरु सहभागी थिए ।

भरतपुर  ३० भदौ ।  अन्तराष्ट्रिय गैर सरकारी संस्था ह्याबिटास फर हुम्यानिटी नेपालले १० लाख घर निर्माण अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । ह्याबिटासका प्रवन्धक सन्देश पराजुलीले घर निर्माण अभियानवारे जनाकारी गराउदैं  सन् २०२० सम्म  देशभर १० लाख घर निर्माणमा सहकारी मार्फत सर्वसाधरणलाई अनुदान सहयोग गरिने जानकारी दिए  ।

  बिशेषतः बिपन्न समुदायलाई लक्षित गरी सहयोग दिईने उनले बताए  । चितवनमा जिल्ला बचत जिल्ला बचत तथा ऋण सहकारी संघ संग सम्झौता गरी निश्चित रकम अनुदानका रुपमा छिट्टै उपलब्ध गराईने प्रतिवद्धता समेत उनले जनाएका छन् ।    संघले जिल्लाका बचत तथा ऋण सहकारीलाई रकम बितरण गर्नेछ ।

कार्यक्रममा स्थानीय विकास अधिकारी भरतमणी पाण्डेले ह्याविटास नेपालले स्पष्ट खाका सहित योजना ल्याएर आउने हो भने जिल्ला विकास समिति सहयोग गर्न तयार रहेको बताए । उनले कानुनी दायरामा आएर घरहरु निमार्ण गर्नु पर्ने भन्दै स्थानीय स्रोत साधनको प्रयोग गरि वातावरण मैत्री घरहरु निमार्ण गर्न आग्रह समेत गरे ।  जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद सापकाटाले स्थानीय स्तरमा गएर गरिवि न्यूनीकरण गर्ने माध्यम सहकारी भएकोले सहकारी मार्फत नै  विकासका कामहरु हुने बताए ।

10394513_10201819344360259_3470057678984658741_n

त्यस्तै कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्रशिक्षक श्रीकृष्ण नेपालले सहकारीहरुले कुनै पनि कामहरु गर्न भन्दा अगाडि सहकारीका सिद्धान्तलाई पालना गर्नु पर्ने भन्दै नयाँ कामका लागि सहकारी डिभिजन कार्यालय सहयोग गर्न तयार रहेको बताए ।

अभिलेख

लोकप्रिय