२० कात्तिक २०८३, शुक्रबार

हमालले भने, धेरै महिलासंग मेरो सम्बन्ध भएको छ

२०७१ भदौ २९, आईतवार
हमालले भने, धेरै महिलासंग मेरो सम्बन्ध भएको छ

काठमाडौं । भारतीय दूतावास र बीपी कोइराला नेपाल भारत फाउण्डेसनले विगत १७ महिनादेखि थालेको ‘भ्वाइसेस’ कार्यक्रमको १७ औँ श्रृङखलामा महानायक राजेश हमाल उपस्थित भए ।

असाध्यै उत्सुकता र जिज्ञासा बोकेका सहभागीका माझ उनले आफ्नो बाल्यकालका बारेमा मात्रै बयान गरेनन्, कला क्षेत्रको अनुभव समेत सुनाए । बुवा कुटनीतिक क्षेत्रमा जागिरे हुँदा उनी कसरी पाकिस्तानको कँराचीदेखि भारतको दिल्लीमा हुर्किए र अमेरिका हुँदै नेपाली चलचित्रको क्षेत्रमा प्रवेश गरे भन्ने कुराको बयान उनले सहभागीमाझ गरे ।
आफ्नो माटो, भुगो, भाषा र परिवेशको आत्मिएताका कारण आफू नेपाली चलचित्रका लागेको उनले बताए । हिन्दी भाषामा समेत राम्रो दख्खल राख्ने महानायक राजेशले नेपाल भारतको काला संस्कृति उस्तै उस्तै भए पनि त्यहाँको जस्तो चलचित्रको विकासमा यहाँ पनि प्रयास भैरहको बताए ।

जीवनको लामो कालखण्डपछि विवाह गरिएको प्रसंगमा राजेशले भने,‘म अलि बिद्रोही स्वभावको छु, बाबु, बाजेले जे गरे त्यही परम्परा धान्नुपर्छ भन्ने के छ र रु’ यही सोचले आफूले विवाहमा खासै रुची नराखेका कारण विवाह गर्न ढिलाई भएको बयान दिए । उनले विवाह नगरे पनि धेरै महिला साथीसंग संगल गरेको, व्यवहार भएको र प्रेम गरेको स्वीकारे । उनले भने,‘म ढोँगी होइन, मैले धेरै व्यवहार, संगत, प्रेम गरेको थिएँ । त्यही व्यवहारको परिणाम हुनसक्छ आज विवाहित भएको छु ।’

मानिसको जीवनमा प्रेम र आशक्ति सँधै उस्तै नहुने दर्शन बोकेका महानायन हमालले भने,‘प्रेम र आशक्ति सँधै रहँदैन । विवाहित जीवनलाई टिकाइराख्न अर्को सुत्र चाहिन्छ ।’ त्यो सुत्र भनेको मानवीयता, व्यहार र सम्झौता भएको उनले प्रस्ट पारे ।

कार्यक्रमको अन्तिममा भारतीय दूतावासका प्रथम सचिव अभय कुमारले उनको उपस्थितिलाई धन्यवाद दिए । उनले नेपाली चलचित्र क्षेत्रका महानायक हमाललाई भारतीय चलचित्र सम्वन्धि किताव चिनोका रुपमा प्रदान गरे । आगामी दिनमा राजेशको चलचित्र ‘सिनेमाण्डु’मा प्रदर्शन गर्ने घोषणा समेत अभय कुमारले गरे ।

अभिलेख

लोकप्रिय