पच्चीस लाख हिनामिना गर्ने धर्मगुरुविरुद्ध अख्तियारमा निवेदन
महोत्तरी, २९ भदौ । २५ लाख हिनामिना गरेको आरोप लगाउँदै महोत्तरीको पर्सादेवाड गाविसका मुस्लिम समुदायले स्थानीय मदरसाका धर्मगुरुविरुद्ध अख्तियारमा निवेदन दर्ता गराएका छन् ।
मुस्लिम बाहुल्यता रहेको पर्सादेवाड गाविसमा अवस्थित फैजुल इस्लाम मदरसाका धर्मगुरु अब्दुल समीले मदरसाको रु २५ लाख हिनामिना गरेको आरोप लगाउँदै स्थानीय जनताले जिल्लाको बर्दिवासमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
स्थानीय मुस्लिम बालबालिकाको अध्ययनका लागि विगत ४० वर्षदेखि सञ्चालित सो मदरसामा धर्मगुरु अब्दुल समी, उनका छोराहरु शेष असद, शेष वासिक, शेष वकाउल्लाह, सइद अहमद, नेमतुल्लाहलगायतका व्यक्तिले व्यापक आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ ।
धर्मगुरु अब्दुलले मदरसाको स्थापनाकालदेखि नै त्यसमा आफ्नै परिवारका सदस्यलाई शिक्षक बनाई र व्यवस्थापन समितिमा समेत आफ्नै परिवारका सबै व्यक्तिलाई राखी आर्थिक हिनामिना गरिआएको बताइन्छ ।
मुस्लिमहरुको उर्दु शिक्षाका साथसाथै आधुनिक शिक्षाको नाउँमा सो मदरसामा देश र विदेश तथा सरकारी सहयोगबाट आएको करिब रु २५ लाख धर्मगुरु अब्दुलले हिनामिना गरेको स्थानीय जनताले निवेदनमा उल्लेख गरेका छन् ।
मदरसाका हरहिसाब खोजबिन गर्दा तथा पारदर्शी गर्न माग गर्दा धर्मगुरु अब्दुलले हिसाब राखिएको रजिष्टर तथा चन्दा प्राप्त सम्पूर्ण नगदी र जिन्सी रसिदहरु चोरी भएको झुठो कुरा स्थानीय जनतासामु भन्ने गरेको निवेदनमा उल्लेख गरिएको छ ।
स्थानीय जनताले अख्तियारका साथै महोत्तरीको जिल्ला प्रशासन कार्यालयमा समेत धर्मगुरु अब्दुलविरुद्ध निवेदन दर्ता गराएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
