२० कात्तिक २०८३, शुक्रबार

प्रभु को–अपरेटिभले १५ प्रतिशत लाभांश वितरण गर्ने

२०७१ भदौ २९, आईतवार
प्रभु को–अपरेटिभले १५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौ,२८ भदौ । प्रभु समुहद्वारा प्रबर्धित प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडले आप्mना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सर्भिस लिमिटेडको ५ औं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।
उक्त साधारण सभाले रिक्त २ वटा पद पनि निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित सदस्यहरुमा खगेन्द्र भट्टचन (लामेला) र सृजना पौडेल रहेका छन् । भट्टचन (लामेला) लाई कार्यसमितिको उपाध्यक्षमा, सदस्य ध्रुव चन्द्र धिताललाई सचिवको जिम्मेवारी दिइएको छ ।

सर्भिस लिमिटेडले शेयरसदस्यहरुको हौसला बृद्धि गर्ने उद्देश्यले एस.एल.सी.मा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई पनि पुरस्कृत गरेको छ । छात्र तर्पm शेयर सदस्य गोविन्द्र शर्मा पौडेलका छोरा आमोद पौडेल र छात्रा तर्पm गंगा देवी शर्माकी छोरी प्रतिमा पौडेललाई पुरस्कृत गरेको छ । साधारण सभा प्रभु समूहका अध्यक्ष तथा प्रभु बैंकका अध्यक्ष देवी प्रकाश भट्टचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष विनोद थकालीको सभापतित्वमा सम्पन्न उक्त साधारण सभालाई सम्बोधन गर्दै शेयर सदस्यको भरोसा र साखलाई अक्षुण राख्न कुनै पनि कसरत बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । आगामी दिनमा सदस्य केन्द्रीत नयाँ नयाँ योजना ल्याउने थकालीले बताए ।

1unnamed

अभिलेख

लोकप्रिय