२० कात्तिक २०८३, शुक्रबार

दश दिनभित्र ऊर्जा मन्त्रालय र प्राधिकरणलाई उपस्थित हुन व्यवस्थापिका–संसद्को निर्देशन

२०७१ भदौ २९, आईतवार
दश दिनभित्र ऊर्जा मन्त्रालय र प्राधिकरणलाई उपस्थित हुन व्यवस्थापिका–संसद्को निर्देशन

काठमाडौँ, २९ भदौ । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त हुन नसक्नाका कारण दश दिनभित्र पेस गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको सिंहदरबारमा बसेको बैठकले लामो समयसम्म प्राधिकरणको प्रमुख नियुक्त हुन नसक्दा प्रशासनिक, आर्थिक तथा प्राविधिक समस्या उत्पन्न भएको भन्दै उक्त निर्देशन दिएको हो ।
यस्तै समितिले चालु आर्थिक वर्षमा ऊर्जा मन्त्रालय र प्राधिकरणले गर्ने काम कारबाहीको विषयमा कार्यतालिकासहित समितिको बैठकमा उपस्थित हुनसमेत ती निकायका उच्च अधिकारीलाई निर्देशनसमेत दिएको छ ।लामो समयदेखि ऊर्जा मन्त्रालय र प्राधिकरणको काम कारबाही पारदर्शी नभएको, अनियमितता र भ्रष्टाचारमा डुबेको भन्दै कार्यतालिकासहित उपस्थित हुन निर्देशन दिएको सभापति गगन थापाले जानकारी दिनुभयो ।
प्राधिकरणले अगाडि बढाइरहेको चमेलिया, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्रिबी र राहुघाट जलविद्युत् आयोजना समस्या फसेको र समस्याको निरूपणका लागि ठोस पहल नभएकामा समितिको बैठकमा उपस्थित सांसदहरूले आपत्ति प्रकट गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय